काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता अपरिहार्य भएको बताएका छन् । जनसभालाई सम्बोधन गर्दै नेपालले जनतालाई मुक्त पार्न, राष्ट्रियताको सुरक्षा, जनतालाई अधिकार सम्पन्न बनाउन नेपालमा कम्यसनिस्ट पार्टी अपरिहार्य भएको बताए ।
नेकपाले ७५ औं पार्टी स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेपालले कम्युनिस्टहरु साम्राज्यवादहरुको ध्वस्त, जनताको हितको रक्षा गर्न, श्रमजिवि जनताको रक्षा गर्न कम्युनिस्हरुको उदय भएको बताए । ‘हामी जुन कित्तामा भएपनि हाम्रो एउटै विशेषता भनेको रातो भण्डा हो । जसले जे गरेपछि माक्सवाद, लेलिनवादका कुरा गरिरहेका छौं ।’, उनले भने, ‘यो हामी सबैको समानता हो ।’
उनले कल प्रयोग विना परिवर्तन सम्भव नभएको भन्दै आफूलाई पनि हतियार बोक्न इच्छा जाग्ने गरेको बताए । ‘मलाई पनि कहिले काँकी हतियार बोकौं जस्तो लाग्छ । मनमनै धेरै कुराहरु खेल्छन् । तर कसैले आफ्ना साथीलाई समेत देखि नसकिने अवस्था ।’, उनले भने, ‘यो देखेपछि दुःख लाग्छ । उहाँहरुले कस्तो खालको कम्युनिस्ट पार्टी चलाउन खोज्नु भएको हो । कसरी सबैलाई मिलाउन सक्छु भन्ने लागेको होला ?’
कसैको व्यत्तिवादी सोचका कारण एमाले र माओवादी मिलेर बनेको नेकपा फुटेको भन्दै उनीहरुले जनताका लागि केही पनि गर्न नसक्ने बताए । ‘अलग अलग झुण्डमा रमाउनेहरुको बारेमा कुरा गरेर के फाइदा । उनीहरुले कर्सैको पक्षमा काम गर्न सक्दैनन् ।’, उनले भने, ‘हामीले सबैलाई एकतावद्ध बनाउन खोजिरहेका छौं । विप्लवले यसको पहलकदमी लिनुभयो । मलाई खुशी लाग्यो ।’
उनले विप्लवले नामका पछाडी सी राखेर नयाँ सुरुवात गरेको भन्दै यसले आफूलाई प्रफुलित बनाएको बताए । ‘मलाई त लागेको थियो । विप्लव ए, विप्लव वि, विप्लव सी भनेको होला सोचेको थिएं । सबैले नामको पछि सी लेख्न थाल्नुभएछ । मलाई साह्रै खुसी लाग्यो । नयाँ पनले परिवर्तन ल्याउँछ ।’, उनले भने, ‘युवाहरु नयाँको आक्रषण नयाँमा हुन्छ । तपाईले नयाँ गर्नुभएमा धन्यवाद ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.