फ्रान्सका स्टार फुटबलर एमबाप्पे घाइते , विपक्षी खेलाडीसंग ठोक्किदा नाकमा लाग्यो गम्भीर चोट

डेली न्युजराप्ती       ५ असार २०८१ ०७:३५ मा प्रकाशित     40 No Comments

असार ५ , दाङ । फ्रान्सका स्टार फुटबलर केलिएन एमबाप्पे घाइते भएका छन् ।
युरो कप २०२४ अन्तर्गत गएराती भएको खेलको दौरान एमबाप्पे विपक्षी खेलाडीसंग ठोक्किदा घाइते भएका हुन्।

खेलका दौरान नाकमा चोट लागेपछि उनलाई अस्पताल लगिएको थियो । एमबाप्पेको नाकको शल्यक्रिया गर्नुपर्ने बताइएको छ ।

९०औँ मिनेटमा विपक्षी खेलाडीसँग ठोक्किँदा उनको नाकमा चोट लागेको थियो ।

यस्तै उपाधि दाबेदार फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुआत गरेको छ ।

गएराति सम्पन्न खेलमा अस्ट्रियालाई १–० ले हराउँदै समूह ‘डी’ मा  रहेको फ्रान्सले विजयी सुरुवात गरेको हो। 
फ्रान्स आत्मघाती गोलको मद्दतमा विजयी भयो । म्याक्सिमिलेन वेबरले ३८ औँ मिनेटमा गरेको आत्मघाती गोल नै फ्रान्सका लागि पर्याप्त बन्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार