विप्लवको अर्को पहल , सरकारी कार्यालयमा धमाधम उजुरीपेटिका राख्दै!

डेली न्युजराप्ती       ६ असार २०८० ०६:१५ मा प्रकाशित     157 No Comments

झापामा नेकपाले राख्यो उजुरीपेटिका, समस्या परे उजुरी गर्न अनुरोध
झापा: नेपाल कम्युनिस्ट पार्टीले झापाको शिवसताक्षी नगरपालिकामा जनताको गुनासो/समस्या र उजुरी लिनको लागि उजुरी पेटिका राखेको छ । जनताले उजुरी गर्न पार्टीलाई सम्पर्क गर्न अझै सहज होस् भनेर उक्त उजुरी पेटिका राखेको नगर इन्चार्ज खेम सीले बताएका छन् ।

उजुरी पेटिका राख्ने कार्यक्रम पार्टीका झापा जिल्ला सेक्रेटरी संजय सीको उपस्थिति थियो । कार्यक्रममा बोल्दै संजय सीले जनताहरुबाटै हामी कहाँ समस्याहरु राख्ने सहज स्थान बनाइदिन भनेपछि यो कदम चालिएको बताए । उनका अनुसार झापाका विभिन्न सार्वजानिक स्थानमा उजुरीपेटिका राख्ने योजना रहेको छ । अब केही समस्या परे जनताले यस उजुरी पेटिकामा उजुरी दिन सक्ने बताएका छन् । भ्रस्टाचार, बेथिति, अन्याय, शोषण आदि समस्या परे उजुरी हाल्न संजयले जनतालाई अपिल गरेका छन् । उनका अनुसार उजुरी पेटिका राख्ने कार्य झापाको १५ वटै स्थानिय तहमा हुनेछ ।

उक्त कार्यक्रममा नगर समितिका सेक्रेटरी डिल्ली, जिल्ला सदस्य राम सी लगायतको उपस्तिथि रहेको नगर इन्चार्ज खेम सीले बताए

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार