कन्चन-सुदर्शनहरु छिट्टै राष्ट्रपति प्रणालीमा जाँदैछन : सन्तोष बुढा

डेली न्युजराप्ती       २ असार २०७९ २२:१० मा प्रकाशित     450 No Comments

काठमाडौँ – भर्खरै सम्पन्न स्थानीय चुनावलाई नेकपाले कार्यनीतिक प्रयोग भएको नेकपा केन्द्रिय सचिबालय सदस्य सन्तोष बुढाले बताएका छन् । कन्चन-सुदर्शनहरुले पार्टीले चुनावलाई रणनीतिको रुपमा प्रयोग गर्न खोजेको भन्दै भ्रम पारेको टिप्पणी गरे ।

कन्चनले गएको १०औँ बैठकमा राष्ट्रपति प्रणालीको प्रस्ताव गरेको तर महासचिव विप्लबले अस्विकार गरेको बुढाले प्रशिक्षणका क्रममा बताए । उनले भने ‘ पार्टीको दशौँ पूर्ण बैठकमा कन्चन बैज्ञानिक समाजबादी ब्यबस्था छाडेर राष्ट्रपति प्रणालीमा जान खोजेका थिए ।’

सन्तोष बुढाले अन्तराष्ट्रिय परिस्थिति जटिल बन्दै गएको बताउदै एमसीसी परियोजनाद्वारा देशमा प्रत्यक्ष हस्तक्षेप हुन थालेको बताए । अमेरिकाले आफ्नो सैन्य टुकडी नेपालमा भित्र्याई सकेको दाबी समेत गरेका थिए ।

राप्ती स्तरीय केन्द्रिय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा महासचिव विप्लबले प्रशिक्षण दिने कार्य जारि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार