राप्ती गाउँपालिकाबाट ब्राउन सुगर सहित ५ जना पक्राउ

डेली न्युजराप्ती       १८ असार २०८० ०९:२१ मा प्रकाशित     139 No Comments

ओमप्रकाश गुप्ता
भालुवाङ, १८ असार । दाङको राप्ती गाउँपालिकाबाट लागु औषध (ब्राउन सुगर) सहित ५ जना पक्राउ परेका छन् । गत असार १५ गते साँझ ७ बजेको समयमा राप्ती गाउँपालिका ३ मसुरीयाबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका ३ मसुरीया बस्ने २७ वर्षिय २७ शेरे भनिने दिलिप कामी, सोही ठाउँ निवासी २२ वर्षिय सुरज कामी, वडा नं.४ बस्ने २२ वर्षिय सुशील गिरी, वडा नम्बर १ बस्ने २० वर्षिया नेहा राई, रोल्पा लुडग्री गाउँपालिका १ घरभई हाल राप्ती गाउँपालिका १ बस्ने ३० वर्षिय छबिलाल पुन मगर रहेका छन् ।

मसुरीया स्थित रामकली कामीको घरमा लागूऔषध कारोवार तथा सेवन हुदैछ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी मसुरीयाबाट प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । निजको घरमा रितपुर्वक खान तलासी गर्दा लागू औषध (ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित डिजिटल तराजुमा एकमुष्ठ तौल गर्दा ४ ग्राम ०.७ मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा ३ ग्राम ०. १ मिलिग्राम फेला पारेको हो । पक्राउ परेका ५ जनालाई नियन्त्रणमा लिई दाङ जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार