दाङमा आज विप्लव-महरा एउटै मञ्चमा जुट्दै

डेली न्युजराप्ती       २९ माघ २०८१ १०:४६ मा प्रकाशित     255 No Comments

माघ २८,दाङ । दाङमा जनयुद्धका कमान्डर द्वय कृष्ण बहादुर महरा र विप्लव सी एउटै मञ्चमा जुट्ने भएका छन् ।
आज सोमबार राप्ती गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमलाई नेकपाका महासचिव विप्लव सी र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्ण बहादुर महराले सम्बोधन गर्ने भएका हुन् ।

सहिद ऋषि-राधा स्मृति केन्द्र राप्ती गाउँपालिका-५ को दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई विप्लव र महरा दुबैले सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

सहिद ऋषि-राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन लग्गत्तै नेकपाका महासचिव विप्लव सीले आजै पार्टीका देउखुरी क्षेत्रका पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार