लागू औषध ब्राउन सुगरसहित हेकुलीका पौडेल पक्राउ

डेली न्युजराप्ती       १३ बैशाख २०८० १२:१६ मा प्रकाशित     108 No Comments

तुलसीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । गएराती ८ बजेको समयमा ब्राउन सुगरहित दंगीशरण गाउँपालिका वडा नं.३ हेकुलीका ३७ वर्षीय श्रृखल पौडेललाई पक्राउ गरेको हो ।
हेकुलीमा लागु औषध बिक्री वितरण तथा ओसार पसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा गएको पहरी टोलीले शंकास्पद रुपमा हिडी रहेको पौडेलको शरीर खानतलासी गर्दा उनले लगाएको हापपाईन्टको खल्तीमा रातो प्लाष्टिकको कागजमा बेरी राखेको २ वटा पुडियामा रहेको १०० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला पारेको थियो ।

पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार