राष्ट्रिय उधोग बाणिज्य महासंघ तुलसीपुर नगरको प्रथम भेला सम्पन्न

डेली न्युजराप्ती       १६ श्रावण २०७८ १९:१८ मा प्रकाशित     798 No Comments


हेमन्त वली श्रावन-१६,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय उधोग वाणिज्य महासंघ दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिका कमिटीको प्रथम भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ।
प्रथम नगर भेलालाइ सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शितलले उधोगि व्यपारीका हक,अधिकार प्राप्तिका लागि सम्पुर्ण व्यवसायीहरु महासंघमा संगठित हुन आह्वान गरे।उनले राष्ट्रिय पुजिलाइ धराशायी बनाएर बिदेशी पुजी प्रोत्साहित गर्ने दलाल राज्यका विरुद्ध निर्मम संघर्ष गर्नुपर्ने धारणा राखे। एक फरक प्रसंगमा प्रमुख अतिथी शितलले दलाल पुजिको संरक्षण गर्ने दलालहरुको राज्यमा राष्ट्रिय पुजिपती बर्गको संरक्षण नहुने बताए।उनले आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको एजेन्डा अघि सारेको पनि बताए।जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद कि दलाल पुजिवाद भन्ने विषयमा जनतालाई व्यवस्था छान्न दिनु लोकतान्त्रिक मूल्य मान्यताको उच्चतम प्रयोग भएको धारणा राखे।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले यो व्यवस्थामा कालोबजारी,चरम भ्रस्टाचार,लुटपाट,दलालिकरण मात्र सम्भव भएको बताए।उनले नेपाली उधोगी,व्यापारीबाट चर्को कर असुली गर्ने बिदेशी पुजिलाइ प्रोत्साहित गर्ने राज्य विरुद्ध आम उघोगी,व्यवसायिहरुले संघर्ष गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा मन्तव्य अतिथी राष्ट्रिय उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष भद्र बहादुर वली(सुधिर)ले भ्रष्ट राज्यवाट कोहिपनी राष्ट्रिय पुजिपती,व्यावसायिहरुको संरक्षण नहुने धारणा राखे।उनले बैज्ञानिक समाजवादी राज्यव्यवस्थाले मात्रै नेपाली पुजिको संरक्षण गर्न सक्ने बताए।
कार्यक्रममा मन्तव्य राख्दै स्कुलिङ बिभाग दाङका प्रमुख रुद्रले नेपालमा उघोग बाणिज्य क्षेत्र केही सिमित दलालहरुको कब्जामा रहेको बताए।उनले नेपाली पुजिपतीहरुलाई टाट पल्टाएर बिदेशी पुजिलाई पोस्ने व्यवस्था रहेसम्म उघोग बाणिज्य क्षेत्रको भ्रष्टिकरण अन्त्य नहुने धारणा राखे।

कार्यक्रममा नेकपा दाङका उत्पादन बिभाग प्रमुख किरण,तुलसीपुर नगर इन्चार्ज बिकाश,सहिद परिवार समाज राप्ती व्युरो संयोजक धर्तीको आतिथ्य रहेको थियो।

उज्ज्वल शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता गंगाधर गैरेले गरेका थिए भने सहजीकरण इश्वरी पाण्डेले गरेका थिए।
प्रथम नगर भेलाले उज्ज्वलको शर्माको अध्यक्षतामा १५ सदस्यीय तुलसीपुर उपमहानगरपालिका कमिटी चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार