काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुल बिभाग इन्चार्ज भरत सी ले पूँजीवाद भत्काउने स्कुल नै एकिकृत जनक्रान्तिको स्कुल भएको र
पुरानो कम्यूनिस्ट स्कूलले लक्ष्य हाँसिल गर्न असफल भएकोले एकिकृत जनक्रान्तिको स्कुल आवश्यक रहेको बताएका छन।नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोद्वारा बुधबारदेखि प्रारम्भ गरिएको स्कुलिङलाई औपचारिक रूपमा उद्घाटन गर्दै नेता भरत सी ले यस्तो बताएका हुन।
मन्तव्यको क्रममा नेता भरत सी ले व्यक्तिलाई केन्द्रमा राख्ने व्यवस्था पूँजीवाद हो र समाजलाई केन्द्रमा राख्ने व्यवस्था समाजबाद भएको भन्दै पूँजीवादले माओवादी आन्दोलनलाई विचलन गराएको बताए।
नेपालमा पुरानो व्यवस्था फेल भएको र अमेरिका नेपालमा प्रवेश भएकोले नेपालमा नयाँ मोर्चा जरुरी रहेको समेत उनको धारणा थियो ।
४ दिन सम्म सञ्चालन हुने स्कुलिङ्मा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद तथा एकीकृत क्रान्तिका सम्बन्धमा कक्षाहरु हुने बताइएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.