भदौ २०,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले म्यानपावर कम्पनीबाट अलपत्र पारिएका नेपाली युवाहरुको उद्दार गरेको छ।
संगठनले लु लु म्यानपावर(सामाखुसी)द्वारा साउदी अरबमा अलपत्र पारिएका सात जना नेपाली युवाहरु टेक बहादुर घर्ती,अनुराम बुढामगर,बिष्णु थापामगर,गुमान सिंह रानामगर,पुर्ण बुढा लगायतको टिमलाई लाइ उद्दार गरेको हो।
६ महिनाअघि विभिन्न काम लगाइदिने वाहानामा साउदी पुर्याइएका नेपाली कामदार लाई काम नलगाई बन्दी बनाई राखिएको कुरा अखिल(क्रान्तिकारी) लाई गुनासो आएपछि उद्वारका लागि पहल सुरु गरीएको थियो ।
अखिल(क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहिले आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै म्यानपावरद्वारा साउदी अरबमा अलपत्र पारिएका ७ जनाको उद्दार गरिएको र थप अलपत्र पारिएका ३० जनालाइ एक हप्तामा उद्दार गरिने बताएका छन। साथै शाहिले जनताको सुख दुखमा संगठन सधै साथमा रहने प्रतिबद्धता समेत जनाएका छन।
म्यानपावरबाट साउदी अरबमा अलपत्र पारिएका नेपाली युवाहरुको उद्दार गरेर प्रशंसनीय काम गरेको संगठनले केही महिना पहिले धादिङ र मकवानपुरको सिमाना च्यात्रामा एकीकृत जनक्रान्तिका महान सहिद तथा तत्कालीन संगठनका केन्द्रीय सदस्य प्रज्वल शाहीको सम्मान र स्मृतिमा प्रज्वल स्मृति नमूना आधारभूत बिधालय निर्माण गरि हस्तान्तरण गरेको थियो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.