जनपत्रकार संगठन नेपाल लुम्बिनीको अध्यक्षमा बिष्ट

डेली न्युजराप्ती       १० आश्विन २०७८ २२:५५ मा प्रकाशित     366 No Comments

घोराही । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । प्रथम सम्मेलनले दिपेश बिष्टलाई अध्यक्षमा निर्वाचित गरेको छ । दाङको घोराहीमा आइतबार सम्पन्न सम्मेलनको बन्दसत्रले २१ सदस्यीय प्रदेश समिति मनोनय गरेको हो ।

समितिको उपाध्यक्षमा एक जना महिला थप्ने गरि राजेन्द्र रावत क्षेत्री (प्युठान), सचिवमा अनिल नेपाली (अर्घाखाँची), सह-सचिवमा केवी गुरुङ (रोल्पा) र बिहानी मगर (रुपन्देही), कोषाध्यक्षमा मुक्ति गैरे (पाल्पा) रहेका छन् भने अन्य रिक्त पदमा पछी थप हुनेगरि सदस्यहरुमा हर्क बहादुर घर्ति (रोल्पा), प्रदिप पाठक (नवलपरासी), प्रदिप राहादी मगर (रुपन्देही), किस्मा खड्का (पाल्पा), अयन बिक (अर्घाखाँची), डीबी खड्का (गुल्मी), हेमन्त प्रकाश वली (दाङ), अनिल थारु (कपिलबस्तु) मनोनित भएका छन् ।

जन पत्रकार संगठन लुम्बिनी प्रदेश समितिको सम्मेलनमा पार्टी केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलको प्रमुख अतिथ्या रहेको थियो भने जन पत्रकार संगठन केन्द्रिय सम्मेलन आयोजक समितिका संयोजक शेर बहादुर बि.क.विशिष्ट अतिथि रहेका थिए । अन्य अतिथिहरु जनपत्रकार संगठन नेपाल केन्द्रिय निबर्तमान अध्यक्ष प्रकाश डुम्रे, जनपत्रकार संगठन नेपाल केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य दाना केसी, जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका अध्यक्ष बसन्त बि.क.,युगबोधका सम्पादक लक्ष्मी आचार्य, प्रेस चौतारी लुम्बिनी प्रदेश इन्चार्ज सबिन प्रियासन,पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतका अतिथिहरु उपस्थित रहेका थिए ।

प्रमुख अतिथि रहेका सितलले बर्गीयपक्षधरताको आधारमा कलम चलाउन जनपत्रकारहरुलाई आग्रह गरे । उनले भने ‘आवाज बिहिनहरुको आवाज जनपत्रकारहरुको कलमले बोल्नु पर्दछ, त्यो नै बर्गीयपक्षधरताको कमल हो’ ।

सम्मेलनको उद्घाटन समाहरोहलाई अनिल नेपालीले संचालन गरेका थिए भने संयोजक दिपेश बिष्ट अध्यक्ष रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार