विप्लवद्वारा लिखित ‘नेपाली बिशेषताकाे समाजवाद’ ६०९० मिटर उचाईको चुचुरोमा कसरी पुग्यो?

डेली न्युजराप्ती       १३ बैशाख २०८१ १६:१७ मा प्रकाशित     172 No Comments

हेमन्त प्रकाश वली ।

बैशाख १३ , तुलसीपुर । यतिबेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी नेपाली राजनीतिमा सर्वाधिक चर्चामा रहने पात्र हुन् ।

विप्लवले आफ्नो थर पछाडि सी राखेर होस या बेलाबेलामा खेतवारीमा कुटो , कोदालो सहित श्रममा सहभागी भएको दृश्य होस वा बेलाबेलामा चर्काकर्का भासण गर्ने विषय हुन । यी लगाएत बिद्रोही स्वभावका विप्लव अहिलेको परिवेशमा बहुआयामिक ढंगले चर्चामा रहने गरेका छन् ।

नेकपाका महासचिव विप्लव सी अहिले ४ दलिय समाजवादी मोर्चाको संयोजक समेत हुन् । समाजवादि मोर्चा बने लगत्तै विप्लवले संसदीय व्यवस्थाको विकल्पमा नेपाली बिशेषताको समाजवादी व्यवस्था प्रस्ताव गरेका छन् ।

विप्लव समाजवादी मोर्चाको संयोजक भएलग्गतै मोर्चा सक्रिय रहेको देखिएको छ । काठमाडौंमा बृहत अन्तरक्रियादेखि देशव्यापी जिल्ला , पालिका स्तरमा मोर्चाको कमिटी धमाधम घोषणा भईरहेका छन् भने प्रदेश स्तरमा मोर्चाको घोषणा सभाहरु सम्पन्न भईसकेका छन् ।

विप्लवले संसदीय व्यवस्थाको विकल्पमा नेपाली बिशेषताको समाजवाद प्रस्ताव गरेलगत्तै ‘नेपाली बिशेषताकाे समाजवाद’ नामक पुस्तक प्रकाशन गरेका हुन् । यो पुस्तक अहिले नेपालमा अत्याधिक बिक्रीवितरण भइरहेको नेकपा स्रोतले जानकारी दिएको छ भने यो पुस्तक सगरमाथा राष्ट्रिय निकुञ्जमा अबस्थित ६०९० मिटर उचाइको ‘लाेबुचे पिक’ नामको हिमालकाे चुचुरोमा पुगेको छ ।

कसले पुर्यायो ६०९० मिटर उचाईको ‘लाेबुचे पिक’मा विप्लवद्वारा लिखित ‘नेपाली बिशेषताकाे समाजवाद’?

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समितीका सदस्य भीम भारती सी हुनुहुन्छ । उहाँ उत्तर सल्यान जिल्लाको इन्चार्ज समेत हुनुहुन्छ ।

नेता भारतीले ‘सी जाति,सी संस्कृति र सी सपना’ नामको अभियान सहित (इस्वि सम्वत २०२४ अप्रिल २२) बि.स.२०८१ बैशाख १० गतेकाे बिहान आठ बजेर ४५ मिनेटमा सगरमाथा राष्ट्रिय निकुञ्जमा अबस्थित ६०९० मिटर उचाइको ‘लाेबुचे पिक’ नामको हिमालकाे चुचुरोमा पाइला राखेका हुन् ।

उनले यो अभियानमा पार्टीका महासचिव विप्लव सीले लेखेको नेपाली बिशेषताको समाजवाद नामक पुस्तक समेत आफैंसंग बोकेर हिडेका थिए । लोबुचे पिक पुगेर नेता भारतीले उक्त पुस्तकलाई प्रतिबिम्बित हुनेगरी दृश्यमा कैद गरेका हुन् । साथै नेता भारतीले आफैं सम्पादन गरेर प्रकाशित हुने सल्यान जिल्लाकाे मुखपत्र, विचार र अन्तरक्रियामुखी त्रै-मासिक म्यागाजिन ‘नयाँ खबर’ पनि चुचुरोमा पुर्याएका हुन्।

बिहान २ बजे उच्च शिविरबाट सुरु भएको हिमाल आराेहणकाे खास महायात्रा चुचुरोमा पुगेर फेरि उच्च शिविरमै आइपुग्दा बेलुका पाँच बजेको नेता भारतीले जानकारी दिए । १५ घण्टा लगातार हिडिरहनु त्याे पनि हिमालमा चानचुने कुरा नरहेको समेत भारती बताउँछन् ।

हाम्रो आराेहणदल हिमालकाे चुचुरोमा पाइला राख्न पूर्ण रुपमा सफल रह्यो । ३ जना ब्रिटिस नागरिक, दुईजना आराेहण सहयोगी शेर्पा र मैले पालैपालो चुचुरोमा पाइला राख्यौं । हामी सबै छ जना नै चुचुरोमा पुग्न सफल भयौं , नेता भारतीले डेलि न्युज राप्ती संग भने ।’

नेता भारतीले नेपालको अस्थिर संसदीय राजनीतिक व्यवस्थाको विकल्पमा नेपाल कम्युनिस्ट पार्टीले पेश गरेको नेपाली बिशेषताको समाजवादी व्यवस्थाको प्रस्ताव अहिलेको संकटको निर्विकल्प निकास भएकाले उक्त पुस्तकलाई सांकेतिक रुपमा लोबुचे पिकमा पुर्याएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार