भदौ ९ , तुलसीपुर । दाङको हापुरेबाट नेकपाका दुई नेताकार्यकर्ता पक्राउ परेका छन् ।
एमसिसी कार्यान्वयन विरुद्ध जागरण प्रचार गरिरहेका नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्जवल सी र नेकपाका बबईका कार्यकर्ता दुर्गा बहादुर सी पक्राउ परेका हुन् ।
शनिबार बिहान ११:४० बजेतिर एमसिसी कार्यान्वयनका विरुद्ध मोटरसाइकलमा माइकिङ गर्दै हिडेका बेला नेकपाका दुई नेताकार्यकर्तालाई पक्राउ गरेको प्रहरी कार्यालय हापुरेका सहायक प्रहरी निरीक्षक भिम बहादुर सुनारले बताए ।
हापुरेबाट पक्राउ गरिएलग्गत्तै खिलतपुर प्रहरी चौकीमा पठाइएको सुनारले बताए ।
यता प्रहरी चौकी खिलतपुरका इन्स्पेक्टर अजयजंग थापाले पक्राउ परेका दुबै जना नेकपाका कार्यकर्तालाई इलाका प्रहरी कार्यालय तुलसीपुर पठाइएको बताए ।
पक्राउ परेका नेताकार्यकर्तासंगै प्रहरीले एमसिसी विरुद्ध प्रयोग गरेको माइक , साउन्ड सिस्टम , एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध देशव्यापी संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्दै देशव्यापी संघर्ष गरिरहेको छ ।
नेकपाले आज देशव्यापी एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध गाउँगाउँमा जागरण प्रचार गरिरहेको जनाएको छ ।
यसैबीच नेकपा पश्चिम दाङले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा एमसिसी विरुद्ध माइकिङ गर्दै जागरण प्रचार गरिरहेको सो पार्टीका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले बताएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.