नेकपा सल्यानका नेता केसीको रहस्यमय मृत्युु, हत्या गरिएको आशंका

डेली न्युजराप्ती       १९ श्रावण २०७९ १६:२५ मा प्रकाशित     457 No Comments


सल्यान। नेकपा सल्यानका जनप्रिय नेता, पूर्व जिल्ला इन्चार्ज एवं विशेष कमिटीका सदस्य लोकपाल केसी(महेन्द्र)को शंकास्पद निधन भएको छ । उहाँको शव हत्या गरि फालिएको अवस्थामा सल्यानको मोख्ला नजिकै खरभीरमा भेटिएको छ। घटनाबारे नेकपा सल्यानले शब भएको स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ । घटनाले नेकपापंक्ति एवं सल्यानी जनतालाई स्तब्ध बनाएको छ । पार्टीको नवौं महाधिवेशनको तयारीमा खटिरहेका बेला केसीको शंकास्पद निधन भएको छ । सल्यानी जनताका बीच अत्यन्तै लोकप्रिय रहेका केसी कम्युनिस्ट क्रान्तिकारी धारमा रहेर आन्दोलनको नेतृत्व गर्दै आउनुभएको थियो । केसी स्थानीय निर्वाचनमा जनपक्षीय स्वतन्त्र उम्मेदवार उठेका थिए । निर्वाचनमा उहाँको लोकप्रियताका कारण प्रतिक्रियावादी संशोधनवादीहरुसित तीब्र अन्तरविरोध रहेको थियो । जनताका बीचमा अन्त्यन्तै लोकप्रिय रहेका नेता केसीका विरुद्ध विभिन्न षड्यन्त्रहरु, धाकधम्की, प्रलोभन देखाइएको थियो । नेकपा केन्द्रीय सदस्य आधारले सल्यान जिल्लाका अत्यन्तै लोकप्रिय नेता एकीकृत जनक्रान्तिका खम्बा केसीको निधनको घटनाले मर्माहत र गम्भीर बनाएको बताएका छन् । उहाँले मृत्युको कारणबारे प्रमाण सहित न्यायिक फैसला र पहलकदमीका लागि जिल्ला स्थित पार्टीपंक्ति,नागरिक समाज, जनयुद्धका सहयात्रीहरु, बुद्धिजीवी पत्रकारहरुमा अपिल गर्दै दिवंगत केसीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ ठूलीखर्कमा जन्मिएका नेता केसी माओवादी जनयुद्धकालीन नेता हुनुहुन्थ्यो । केसीको राजनीतिक पूर्वाग्रह र निष्ठाकै कारण प्रतिक्रियावादीहरुका जल्लाहदहरुले हत्या गरिएको आशंका गरिएको छ । नेता केसीप्रति डेलिन्युजराप्ती परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र पार्टी एवं परिवार र आफन्जनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै घटनाबारे तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कारवाहीको माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार