चुनावको बिरोध गर्दै विप्लवलाई छाडेका धर्मेन्द्र-सुदर्शनले अन्ततः चुनावी मोर्चा बनाएका बैधलाइ रोजे!

डेली न्युजराप्ती       २५ चैत्र २०७९ ०७:३४ मा प्रकाशित     316 No Comments

२५ चैत , दाङ । धर्मेन्द्र-सुदर्शनले नेतृत्व गरेको समुह नेकपा बहुमत र मोहन बैध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बिच पार्टी एकता हुने भएको छ ।
चैत २४ गते काठमाडौंमा एकता सम्बन्धि पत्रकार सम्मेलनको आयोजना गरि दुबै पार्टीले मइ १ का दिन एकता सभा गर्ने जनाइएको छ ।

नेकपाको ९औ महाधिवेशनले गत सम्पन्न स्थानीय निर्वाचनलाई दल दर्ता नगरी स्वतन्त्र ढंगले जनपक्षीय ,देशभक्त , राष्ट्रबादी उम्मेदवारलाई सहयोग गर्ने नीतिको बिरोधमा पार्टी नै फुटाएका धर्मेन्द्र-सुदर्शन समूह अन्ततः चुनावी मोर्चा बनाएको बैध नेतृत्वको क्रान्तिकारी माओवादीसंग एकता गर्ने भएको हो ।

मोहन बैध (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त जनणतान्त्रिक मोर्चा नेपाल मार्फत दुबै संसदीय र स्थानीय निर्वाचनमा भाग लिदै आएको छ ।

चुनावको बिरोध गर्दै विप्लवलाई संसदवादीको आरोप लगाएर पार्टी फुटाएको धर्मेन्द्र-सुदर्शनको औचित्य समाप्त भएको र भ्रमपुर्ण ढंगले सो समुहमा रहेका नेता-कार्यकर्ता पार्टीमा फर्किने अभियान सुरु भएको नेकपाका एक नेताले डेलिन्युजराप्तीलाई बताए ।

उनले भने – ‘ धर्मेन्द्र-सुदर्शनले पार्टी फुटाएको कार्यनीतिमा बहस भएर पनि होइन । चुनाव देखाउने दात मात्रै हो उहाँहरुमा चरम आर्थिक बिचलनता देखिएको प्रष्ट थियो । पार्टीले आर्थिक हिनामिनाको हिसाब मागेपछी अनावश्यक चिच्याउदै भागेका हुन् । हामि स्पष्ट थियौं कुनै नयाँ राजनीतिक कार्यक्रम पनि थिएनन् उहाँहरुसंग अन्ततः पतन निश्चित थियो त्यहि भयो । हामी र हाम्रो पार्टी त एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद प्राप्त गर्ने दिशमा एक इन्च तल माथी हुनेवाला छैनौं । हामिलाइ बिश्वास छ एकदिन यो धर्तीमा वैज्ञानिक समाजवादको झण्डा गाडिछाड्ने छौँ ।’

यता विप्लवले नेतृत्व गरेको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) बिचपनी एकता हुने भएको छ । केही समयअघि दुबै पार्टीले काठमाडौंमा एकता सम्बन्धि पत्रकार सम्मेलनको आयोजना गरि एकता घोषणा सभा गरिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार