दाङमा आजपनि एमसिसी विरुद्ध प्रदर्शन सहित कोणसभा सम्पन्न

डेली न्युजराप्ती       ६ चैत्र २०७८ १८:०८ मा प्रकाशित     363 No Comments


न्यूजराप्ती। चैत्र ६,घोराही। दाङमा आज आइतबार पनि राष्ट्रघाती एमसिसी विरुद्ध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ।
विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय मुक्ती(जातीय/क्षेत्रीय) मुक्ती मोर्चा सहित नेकपा(क्रान्तिकारी माओवादी) निकट जातीय/क्षेत्रीय मोर्चा र राष्ट्रिय जनमोर्चा निकट जातीय/क्षेत्रीय मोर्चाको संयुक्त आयोजनामा एमसिसी विरुद्ध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको हो।

कोणसभालाइ सम्बोधन गर्दै मगर मुक्ती मोर्चा नेपालका केन्द्रिय कोषाध्यक्ष भिम प्रकाश पुनले व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघात गरेका दलालहरुलाइ नेपाली जनताले राम्रोसंग चिनेको बताए। उनले नेपाली जनतालाइ विभिन्न भ्रम फिजाएर रातारात एमसिसी पास गरेपनी जनताले लागू हुन नदिने समेत बताएका थिए। नेता पुनले जबर्जस्त एमसिसि लाद्न खोजे नेपालमा भयंकर ठूलो बिद्रोह हुने चेतावनी समेत दिएका हुन।
अमेरिकाका नेपाली दलालहरुलाई नेपाली भुमिबाट सदाका लागि नलखेट्दा सम्म नेपाली जनताले मुक्ती नपाउने समेत पुनको भनाइ थियो। नेपालका बहुमुल्य प्राकृतिक खनिज,स्रोत-साधनहरु कब्जा गर्ने,नेपालमा चलिरहेको समाजवादी आन्दोलनका विरुद्ध तथा बढ्दो कम्युनिस्ट पभावलाइ निस्तेज पार्न र छिमेकी मुलुक चिनमाथी आक्रमण गर्न अमेरिकी साम्राज्यवादले एमसिसी सहित नेपाल प्रवेश गरेको स्पस्ट पारेका थिए।

कोणसभालाइ अखिल नेपाल जनजाती सम्मेलन केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, मधेसी राष्ट्रिय मुक्ती मोर्चा,नेपाल दाङका अध्यक्ष सुर्य यादव, नेपाल दलित मुक्ती मोर्चाका प्रतिनिधि तिलक बिकले सम्बोधन गरेका थिए।
कोणसभाको सहजीकरण थारु राष्ट्रिय मुक्ती मोर्चा नेपालका केन्द्रिय सदस्य एवम दाङका अध्यक्ष चुलुवाले गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार