तुलसीपुर। आत्महत्या दूरुत्साहन मुद्दामा एकजनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी ३१ बर्षका धन बहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
श्रीमानले दिएको मानसीक यातनाका कारण छोरीले आत्महत्या गरेको भन्दै माइतीपक्षले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार जाहेरी दिएपछि प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो । पक्राउ परेका बिरुद्ध आत्महत्या दुरुत्सान मुद्दामा चलाएको डिएसपी अर्यालले बताउनुभयो । धनबहादुरकी श्रीमती २६ बर्षकी उर्मिला वली गएको चैत्र ३० गते घरको सीलीङ फ्यानमा झुण्डीएको अवस्थामा मृत फेला परेपछि श्रीमानकै कारण छोरीले आत्महत्या गरेको आरोप माइती पक्षेले लगाएका छन् । उर्मिला र धनबहादुर बीच एक बर्ष अघि बिहे भएकोे थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.