महिलाहरु कोठाभित्रको सुन्दर पुतली बनेर होइन योद्धा बनेर इतिहास रच्नुपर्छ: सम्झना

डेली न्युजराप्ती       २४ फाल्गुन २०७८ २०:१७ मा प्रकाशित     784 No Comments


हेमन्त प्रकाश वली। फागुन २४, तुलसीपुर। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बिशेष कमिटी सदस्य एवम पुर्व सभासद सीता बिक( सम्झना)ले महिलाहरु कोठाभित्रको सुन्दर पुतली बनेर होइन योद्धा बनेर इतिहास रच्नुपर्ने बताउनुभएको छ।
आज मंगलबार दाङको तुलसीपुरमा ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सभालाइ सम्बोधन गर्दै नेतृ सम्झनाले उक्त कुरा बताउनुभएको हो।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएकी नेतृ सम्झनाले नेपालीहरुको बिरताको इतिहास,स्वाभिमानी नेपाली इतिहास कायम गर्न श्रमजीवी मुक्तिकामी महिलाहरु सडकमा आन्दोलित हुनुपर्ने आवस्यक रहेको समेत बताउनुभएको थियो। उहाले नेपालीहरुको इतिहास मागेर खाने इतिहास नभएको समेत जिकिर गर्नुभएको थियो।
नेतृ सम्झनाले भन्नुभयो, ‘संसदमा गगन थापाले नांगो ढंगले भारत माग्न जाउ,चीन माग्न जाउ,अमेरिकाबाट मागिसक्यौ भनेजस्तो हाम्रो इतिहास होइन। नेपालीको इतिहास कसैको पाउ मोलेर,गुलामी गरेर खाने इतिहास होइन। नेपालीको इतिहास संघर्ष गरेर आफ्नै श्रम पसिनामा बाच्ने इतिहास हो।’
एक फरक प्रसंगमा बोल्दै नेतृ सम्झनाले राष्ट्रघाती एमसिसी पास गरेदेखि क्रान्तिकारीहरु निदाउन नसकेको समेत बताउनुभएको थियो। नेपाल आमालाइ बेचेर,आमाको अस्मिता बेचेर चुनाव खर्च जुटाउन अमेरिकी साम्राज्यवादलाई नेपाल बुझाएपछी क्रान्तिकारीहरु,देशभक्त र देशका असल नागरिकहरु निदाउन नसकेको उहाको भनाइ थियो।
नेपालका केही दलालहरुले एउटा बन्द कोठाबाट एमसिसी पास गरेर लागू गर्न कदापी सफल नहुने भन्दै नेतृ सम्झनाले नेपाली जनताले सडकबाट एमसिसी अस्विकार गरेको र सडकबाट खारेज गर्ने चेतावनी समेत दिनुभएको थियो।
अमेरिकाले प्रचण्डको टाउकोमा हेगको तरबार झुन्ड्याएर प्रचण्डले आफू बाच्न एमसिसी पास गर्न सहमत भएको तर्कले एमसिसी कती घातक छ भन्ने प्रष्ट भएको उहाको धारणा थियो।

नालापानीमा पिठ्युँमा बालबालिका बोकेर लड्ने नेपाली दिदिबहिनीहरु र महान जनयुद्धमा काधमा बन्दुक बोकेर समानता,स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताका लागि लड्ने महिलाहरुको गर्बिलो,बहादुरिपुर्ण इतिहास भएकाले फेरि राष्ट्रघाती एमसिसी सम्झौता खारेजिका लागि महिलाहरु संघर्षका हरेक चुनौती मोलेर राष्ट्र र राष्ट्रियता जोगाउन निर्णायक लडाइ लड्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ थियो।उहाले समान ज्याला, समान अधिकारका लागि निरन्तर संघर्ष गर्दै आम श्रमिक महिलाहरुले मुक्ती प्राप्त नगर्दासम्म आन्दोलन जारी राख्नुपर्ने बताउनुभएको थियो। अहिलेपनी स्कुल गएका छोरिहरु,जंगल गएका दिदिबहिनीहरु सुरक्षीत नभएको भन्दै महिला मुक्ती,स्वतन्त्रता,समानता र सुरक्षाका लागि आन्दोलन जारी रहने नेतृ सम्झनाको भनाइ थियो।
नेपालका युवायुवतीहरुलाइ आफै गाजा खुवाएर आफै चोकचोकमा सुधार गृहको पैसा कमाउने उधोग संचालन गर्ने दलाल संसदीय व्यवस्थाको अन्त्य नगरी आम श्रमजीवी महिला,युवायुवती,उत्पीडित जनसमुदायले हक,अधिकार नपाउने नेतृ सम्झनाले बतानुभएको हो।
सडकबाट देश बेचुवाहरुलाइ चेतावनी सहित खबरदारी गर्न अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाइ आन्दोलन र संघर्षको रुपमा मनाएको सम्झनाको भनाइ थियो।

कार्यक्रममा शान्ती समाज दाङ जिल्ला सचिव निर्मला डागी,राष्ट्रिय जनमोर्चाकि केन्द्रीय सदस्य कमला जिसि,अनेमसंघ केन्द्रीय सदस्य पुर्णिमा आचार्य,अनेमसंघ क्रान्तिकारीकि केन्द्रीय सदस्य अशोका,अनेमसंघ (क्रान्तिकारी) कि केन्द्रीय सदस्य शुसिला आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

विप्लव नेकपा सम्बद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सहित राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध आन्दोलनरत संयुक्त दल-मोर्चा निकट महिला संगठनहरुको संयुक्त संघर्ष समितीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कृष्णा रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अनेमसंघ क्रान्तिकारी दाङ जिल्ला संयोजक रेखा रोकाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता हेमन्ताले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार