शान्तिनगर-२ का वडा अध्यक्ष सुनिल वली नारायणपुरबाट पक्राउ!

डेली न्युजराप्ती       ८ असार २०८० १३:२२ मा प्रकाशित     387 No Comments

तुलसीपुर, ८ असार । दाङको शान्तिनगर गाउँपालिका –२ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् । वडा अध्यक्ष वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नारायणपुरबाट ११:५० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभयो ।

पक्राउ परेका वडा अध्यक्ष वलीलाई जाहेरीका आधारमा आजै म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने डीएसपी गौतमले जानकारी दिनुभयो । अनुसन्धानका लागि आजै म्याद थप गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा पठाउने तयारी गरिएको छ ।

वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरि प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेपनि उनिबिरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार