नेपाल कम्युनिस्ट पार्टीले दिवंगत नेता किसनलाई यसरी सम्झियो, स्मृतिमा शोक कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       ८ भाद्र २०८१ २१:०९ मा प्रकाशित     259 No Comments

भदौ ७,दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका दिवंगत नेता भिम बहादुर सी (किसन)को स्मृतिमा शोक कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार पार्टी जिल्ला समिती दाङको आयोजनामा घोराही-१२ बेलभारमा नेता किसनकै निवासमा शोक कार्यक्रम आयोजना गरिएको हो ।

शोक कार्यक्रममा दिवंगत नेता किसन सीप्रती शोक मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीले बाचुन्जेल उहाँले पार्टी , आन्दोलन एवम सामजिक रुपान्तरणका लागि सम्पुर्ण जीवन व्यतीत गरेको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो – ‘ जिवनपछि मृत्यु अनिवार्य सर्त हो तर कमरेड किसनले आफ्नो अन्तिम घडिसम्म पनि पार्टी ,राजनीति , आफ्नो परिवार र सामाजिक रुपान्तरणको आन्दोलनमा कहिँकतै चुक्नु भएको होइन । माओवादी जनयुद्ध हुँदै एकीकृत जनक्रान्तीसम्म पनि उहाँले देश , जनताको पक्षमा आफुलाई सदैव समर्पित गरेर अघि बढ्नुभयो , यो उहाँको प्रत्येक नागरिक र पार्टीपंक्तीले सिक्नुपर्ने शिक्षा हो । हामी किसनलाई कहिलै भुल्ने छैनौं । उहाँले मृत्युलाई जित्न सक्नुभएन यो कुरा सत्य हो । जिवनपछि मृत्यु अनिवार्य सर्त हो तर यो उहाँको मृत्युले सिंगो जनमुक्तीको आन्दोलनलाई ठूलो क्षती पुगेको छ ।’

oppo_2

नेता सविनले दिवंगत नेता किसनप्रती पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन , इष्टमित्र , आफन्तजन एवम सिंगो पार्टीपंक्तीमा गहिरो समवेदना समेत व्यक्त गर्नुभएको थियो ।

यस्तै शोक कार्यक्रममा शोक मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले किसनको निधनले पार्टीलाई ठूलो क्षती भएको बताउनुभएको हो ।

उहाँले पार्टीका कुशल , इमानदार एवम क्रान्तिकारी योद्धा गुमाउदा सिंगो पार्टीपंक्ती भावविह्वल भएको बताउनुभएको थियो ।

किसनको सपना नेपालमा समाजवादी राज्यव्यवस्था स्थापना गर्नु भएकाले नेकपाले कुनैपनी मूल्य चुकाएर उहाँको सपना पुरा गरिछाड्ने बिश्वास समेत व्यक्त गर्नुभएको थियो ।

oppo_2

नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम घोराही उपमहानगर कमिटीका सेक्रेटरी विकाश सीको सहजीकरणबाट सुरु भएको शोक कार्यक्रमको प्रमुख आतिथ्यता पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको रहेको थियो ।

शोक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम दाङ निर्वाचन क्षेत्र नं.१ इन्चार्ज विक्रम सी , पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन सी सहित दिवंगत नेता किसन सीका परिवारजनको आतिथ्यता रहेको थियो ।

शोक कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङ जिल्ला सचिव तिलक सीले गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सचिवालय सदस्य भिम बहादुर सी (किसन) सीको भदौ ३ गते ५९ वर्षको उमेरमा दुखद निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार