माघ १७,काठमाडौ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई त्रिभुवन बिश्वबिद्धालयका प्राध्यापक डा.महेन्द्र सापकोटाले भेट्नुभएको छ ।
बिहिवार बिहान ललितपुरको हरिसिद्धीमा प्राध्यापक डा.सापकोटा र महासचिव विप्लवबिच भेटघाट भएको हो।
भेटघाटमा त्रिभुवन बिश्वबिद्धालय राजनीति शास्त्रका प्राध्यापक डा.महेन्द्र सापकोटाले समग्र मुलुकको निकासका लागि सुझाव सहितको प्रस्ताव नेकपाका महासचिव विप्लव सीलाई बुझाउनुभएको हो ।
भेटघाटको क्रममा प्राध्यापक डा.सापकोटाले मुलुक संकटग्रस्त अवस्थाबाट गुज्रिएकाले यसको निकासका लागि नेकपाले पहल लिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
भेटघाटमा डा.सापकोटाको सुझावसहितको प्रस्ताव ग्रहण गर्दै नेकपाका महासचिव विप्लव सीले पार्टीको समग्र धारणा राख्नुभएको हो ।
समकालीन राजनीतिक जटिलताको निकासका लागि प्राध्यापकहरु पनि बहसमा भाग लिन विप्लवको आग्रह थियो ।
भेटघाटमा बौद्धिक संवाद भएको नेकपाका केन्द्रीय सदस्य दिनेश विक्रम सीले जानकारी दिनुभयो ।
उहाँले भेटघाटले नेपालका बुद्धिजीवी , प्राध्यापकहरुमा सकारात्मक सन्देश प्रवाह गरेको र मुलुकको संकट निकासका लागि सबै तहबाट बहसमा भाग लिन प्रेरित गरेको समेत बताउनुभएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.