कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो, १ सय २१ जना संक्रमित थपिए !

डेली न्युजराप्ती       २९ चैत्र २०७९ १९:३४ मा प्रकाशित     127 No Comments

काठमाडौ, २९ चैत । कोरोना सङ्क्रमणका कारण लगातार दोस्रो दिन आज बुधवार पनि एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार दुई हजार तीन सय ७७ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ भने यही अवधिमा ८१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४५ पुगेको छ । सङ्क्रमितमध्ये २५ जना संस्थागत आइसोलेशनमा, ११ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४२ हजार एक सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार