काँग्रेस छाडेका व्यवसायी बिमल रिजाल रास्वपामा, तुलसीपुरको मेयर दौडमा नयाँ समीकरण

डेली न्युजराप्ती       २८ बैशाख २०८३ १९:५९ मा प्रकाशित     206 No Comments

तुलसीपुर । केही दिनअघि नेपाली कांग्रेस परित्याग गरेका तुलसीपुरका चर्चित व्यवसायी बिमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

लामो समयदेखि व्यवसायिक, सामाजिक तथा राजनीतिक वृत्तमा सक्रिय रिजालको रास्वपा प्रवेशसँगै दाङको राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका रिजाल तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुन्।

व्यवसायिक नेतृत्व र सामाजिक सक्रियताका कारण तुलसीपुर क्षेत्रमा प्रभावशाली छवि बनाएका उनको पार्टी परिवर्तनलाई अर्थपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।

रास्वपामा उनको आगमनसँगै विशेषगरी तुलसीपुर उपमहानगरपालिकाको आगामी मेयर पदको दौड थप रोचक बन्ने चर्चा सुरु भएको छ। स्थानीय राजनीतिक वृत्तमा रिजाललाई सम्भावित बलिया मेयर प्रत्याशीका रूपमा हेरिन थालेको छ।
कांग्रेसबाट बाहिरिएपछि रिजालले नयाँ राजनीतिक यात्राका लागि रास्वपा रोज्नुले दाङको शक्ति सन्तुलनमा असर पार्ने विश्लेषण हुन थालेको छ।
पछिल्लो समय परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र वैकल्पिक शक्तिप्रतिको आकर्षणबीच रिजालको निर्णयले स्थानीय राजनीतिमा नयाँ समीकरण निर्माण गर्न सक्ने आँकलन गरिएको छ।
रिजालको रास्वपा प्रवेशले तुलसीपुरमा कांग्रेसलाई थप चुनौती सिर्जना गर्ने मात्र होइन, आगामी निर्वाचनको राजनीतिक ध्रुवीकरणलाई समेत प्रभावित पार्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार