नेकपा दाङले आकाशमा उडायो “एमसिसी सम्झौता खारेज गर” लेखिएको बेलून

डेली न्युजराप्ती       २७ भाद्र २०७८ १८:२४ मा प्रकाशित     712 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले एमसिसी सम्झौता विरुद्ध केन्द्रीय चरणबद्ध बिरोध कार्यक्रम अन्तर्गत आज जिल्लाका सम्पुर्ण पालिकाका केन्द्रहरुमा एमसिसी खारेज गर लेखिएको बेलुन आकाशमा उडाएको छ।

नेकपा तुलसीपुर उपमहानगरले पनि व्यापक जनसहभागीताका बिच सिटि जुलुस सहित नगर परिक्रमा गर्दै एमसिसी विरुद्धको बिरोध कार्यक्रम सम्पन्न गरेको छ। तुलसीपुरको सल्यान रोडबाट सुरु भएको बिरोध सिटि जुलुस बिरेन्द्र चोक,घोराही रोड,बाहिनी चोक,मदन आश्रीत चोक हुँदै बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा तुलसीपुर उपमहानगर इन्चार्ज बिकाशले एमसिसी पास भए नेपाल दोस्रो अफ्गानिस्तान बन्ने बताए। उनले नेपाली संसदवादी दलालहरु नेपाली अनुहारका साम्राज्यबादी दुत भएको समेत बताए। नेता बिकाशले नेपाललाइ चिन घेर्नको लागि उपयुक्त भुगोलको रुपमा प्रयोग गरेर रणमैदान बनाउने अमेरिकी रणनीति कुनैपनी हालत सफल हुन नदिने उद्घोष गरेका थिए।
सांसदहरुले एमसिसी सम्झौतामा हस्ताक्षर गरे आफ्नो पार्टीले जनयुद्धमा जस्तैगरी गाउँ-गाउँबाट बाजा बजाएर लखेट्ने चेतावनी दिए। नेपाली जनताले नचाहेको सम्झौता संसदवादी दलहरुलाइ किन मन परेको छ? नेता बिकाशले प्रश्न गरे।

नेकपा तुलसीपुरको सिटि जुलुसपछिको बिरोध सभा

यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै अर्का वक्ता नेकपा दाङ जिल्ला कमिटी सदस्य इश्वरीले एमासिसी जस्तो रास्ट्रघाती सम्झौता पास गर्ने धृष्टता गरे जनताले भयंकर ठूलो बिद्रोह गर्ने चेतावनी दिए। नेता इश्वरीले आफुहरु मर्न तयार हुने तर साम्राज्यवादको अतिक्रमण सहेर नबस्ने उद्घोष गरे।

बिरोध कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमरले एमसिसी सम्झौता नेपालको कानुन भन्दामाथि भएको जिकिर गरे।उनले देशमा रहेका बहुमुल्य धातु कब्जा गर्ने,छिमेकी मुलुक चिनलाइ आक्रमण गर्न हाम्रो भुगोल प्रयोग गर्ने अमेरिकी रणनीति कुनैपनी हालतमा सफल हुन नदिने उद्घोष गरे।नेता अमरले संसदवादी दलालहरुले इतिहास देखि गरेका आसमान सन्धि सम्झौता समेत खारेज गर्न माग गरे। जबर्जस्त एमसिसि पास गर्न खोजे सम्पुर्ण युवा,बिद्यार्थीहरु राष्ट्र जोगाउन र जनताको मुक्तिका लागि जनमुक्ति सेना बनेर बन्दुक बोक्न बाध्य हुने समेत उद्घोष गरेका थिए।

एमसिसी सम्झौता विरुद्धको बिरोध कोणसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य बिजयले गरेका थिए।

नेकपा तुलसीपुर उपमहानगरको सिटि जुलुसमा सहभागीहरु

यस्तै नेकपा शान्तिनगर,दंगिशरण र बबई गाउपालिकाले संयुक्त रुपमा एमसिसि सम्झौता विरुद्ध सिटि जुलुस र बेलुन उडाउने कार्यक्रम सम्पन्न गरेको जनाएको छ। शान्तिनगर-५ रगैजाबाट सुरु भएको सिटि जुलुस दंगिशरण-६ श्रीगाउमा पुगेर कोणसभामा परिणत भएको थियो।कोणसभालाइ सम्बोधन नेकपा दाङ जिल्ला कार्यालय सदस्य निर्मलले गरेका थिए भने सहजीकरण पार्टी जिल्ला कमिटी सदस्य राजकुमारले गरेका थिए।

नेकपा शान्तिनगर,दंगिशरण र बबई गाउपालिकाको संयुक्त बिरोध कार्यक्रम

यता नेकपा घोराही उपमहानगरले पनि एमसिसी सम्झौता विरुद्ध सिटि जुलुस र बेलुन उडाएको छ।जुलुस पछिको कोणसभालाइ नेकपा दाङ जिल्ला कमिटी सदस्य मोतिले सम्बोधन गरेका हुन भने सहजीकरण पार्टी दाङ जिल्ला कमिटी सदस्य अनिलले गरेको जनाइएको छ।

नेकपा घोराही उपमहानगर

यस्तै नेकपा लमही,गढवा र राजपुर गाउपालिकाले संयुक्त रुपमा लमही,भालुबाङ हुँदै गढवा सम्म सिटि जुलुस सहित गढवा बजार परिक्रमा पछि कोणसभा कार्यक्रम सम्पन्न गरेको जनाएको छ। कोणसभालाइ सम्बोधन नेकपा विशेष कमिटी सदस्य बिक्रम,नेकपा दाङ जिल्ला कमिटी सदस्य तथा गढवा- राजपुर गाउपालिका इन्चार्ज सुरजले गरेका थिए भने सहजीकरण नेकपा लमही नगर इन्चार्ज जनकले गरेको जनाइएको छ।

नेकपा तुलसीपुर उपमहानगरले उडाएको एमसिसी खारेज गर लेखिएको बेलुन
प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार