पक्राउ पुर्जी जारी गरिएको विरोधमा अखिल(क्रान्तिकारी)द्वारा मसाल जुलुस प्रदर्शन

डेली न्युजराप्ती       १७ श्रावण २०७९ ०९:४९ मा प्रकाशित     303 No Comments


काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले सरकारविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेको छ।

पार्टी महासचिव विप्लवलगायतका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको विरोधमा काठमाडौमा मसाल जुलुस निकालिएको हो। प्रदर्शनमा सहभागीहरुले सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन्।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो।

नेकपाका प्रवक्ता विश्वकर्माले विज्ञप्ति जारी गर्दै आफूहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार