पार्टी पुनर्गठन दिबसको अवसरमा नेकपा दाङद्वारा विभिन्न खेलकुद प्रतियोगीता सम्पन्न (फोटोफिचर)

डेली न्युजराप्ती       ७ मंसिर २०७८ २०:२६ मा प्रकाशित     469 No Comments


हेमन्त प्रकाश वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङले ८औ पार्टी पुनर्गठन दिबसको अवसरमा मंगलबार विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न गरेको छ।

पार्टी पुनर्गठन दिबसलाइ उत्सबका रुपमा मनाउने कार्यक्रम अन्तर्गत नेकपाले विभिन्न अतिरिक्त क्रियाकलाप अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता,कुर्सी दौड प्रतियोगिता,घैटोफोड प्रतियोगिता र फुटबल प्रतियोगिताको आयोजना गरेको हो।
खेलकुद प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले गर्नुभएको थियो। आठ वटा मैनवत्ती बालेर आठौं पार्टी पुनर्गठन दिबसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको थियो।

खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले आफुहरुले सडकमा फ्याकिएको क्रान्तिको झण्डालाई उठाएको दिन मंसिर ८ भएको बताउनुभयो। उहाले जनता र राष्ट्रको न्यायपुर्ण आन्दोलनलाइ खरानी पारिसकेपछी नया पार्टी पुनर्गठन गर्नुपरेको समेत बताउनुभयो। नेता शितलले प्रचण्ड बाबुरामहरुले जनताले जितेको युद्धलाई जानीजानी सिध्याएपछी आफुहरुले नया क्रान्तिकारी कार्यदिशा सहित नेपाल र नेपाली जनताको मुक्तीका लागि पार्टी पुनर्गठन गरेको जिकिर गर्नुभयो। उहाले ८औ पार्टी पुनर्गठन दिबस भव्य उत्सबका साथ मनाउने क्रममा विभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरिएको समेत जानकारी दिनुभयो। उहाले स्वास्थ्य र राष्ट्रका लागि खेल भएको भन्दै खेलाडीहरुले अनुशासित,इमानदारीपुर्वक जित हार स्विकार गर्न सक्नुपर्ने बताउनुभयो।

नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज बिकाशको स्वागत मन्तव्यबाट सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा नेकपा बिशेष कमिटी सदस्य बिक्रम,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,नेकपा दाङ जिल्ला कार्यालय सदस्य तिलक,सहिद परिवार समाजका केन्द्रिय सदस्य धर्ती,अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक,कर्मचारी संगठनका केन्द्रीय सदस्य नर बहादुर रोका,अनेमसंघ क्रान्तिकारी दाङ जिल्ला संयोजक रेखा रोका,अखिल नेपाल शिक्षक संगठन दाङका कोषाध्यक्ष मेघराज घिमिरे,नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य रुद्र,युवा संगठन नेपालका केन्द्रीय सदस्य द्वय बिरेन्द्र र मनोज,नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङका अध्यक्ष बिबेकको आतिथ्य रहेको थियो।
नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको अध्यक्षतामा भएको खेलकुद उद्घाटन समारोहको सहजीकरण नेकपा दाङ जिल्ला कार्यालय सदस्य किरणले गर्नुभएको थियो।

पार्टी पुनर्गठन दिबसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा अखिल नेपाल शिक्षक संगठन,युवा संगठन नेपाल,नेपाल गणतान्त्रिक खेलकुद महासंघ,जनपत्रकार संगठन नेपाल,अखिल(क्रान्तिकारी),युवा संगठन नेपाल तुलसीपुर उपमहानगर कमिटी,नेकपा घोराही उपमहानगर कमिटी र नेकपा दाङ जिल्ला पार्टी गरि जम्मा ८ टिमहरुको सहभागीता रहेको थियो। प्रतियोगितामा अखिल(क्रान्तिकारी) दाङ तृतीय,नेपाल गणतान्त्रिक खेलकुद महासंघ द्वितीय र नेकपा घोराही उपमहानगर कमिटीले प्रथम स्थान हासिल गरेका थिए। प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश तीन हजार नगद सहित प्रमाणपत्र,दुई हजार नगद सहित प्रमाणपत्र र एक हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने नेकपा दाङले जनाएको छ।

यस्तै आठौं पार्टी पुनर्गठन दिबसको अवसरमा नेकपा दाङले पार्टी निकट जनबर्गिय संगठन,पालिका कमिटी लगाएत नेता-कार्यकर्ताहरुको बिचमा फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। तुलसीपुर उपमहानगरपालिका स्थित अरनिको मैदानमा अयोजना गरिएको फुटबल प्रतियोगितामा नेकपा तुलसीपुर उपमहानगर कमिटी,नेकपा घोराही उपमहानगर कमिटी,युवा संगठन नेपाल दाङ,अखिल(क्रान्तिकारी) दाङ,नेकपा देउखुरी क्षेत्र(लमही नगरपालिका,राजपुर गाउपालिका,गढवा गाउपालिका,राप्ती गाउपालिका),नेकपा दाङ जिल्ला कार्यालय गरि जम्मा ६ टिमको सहभागीता थियो। निकै प्रतिस्पर्धात्मक फुटबल प्रतियोगितामा नेकपा घोराही उपमहानगर कमिटीले नेकपा तुलसीपुर उपमहानगर कमिटीलाई फाइनलमा २-० अन्तरले पराजित गर्दै प्रथम स्थान सुनिस्चित गर्न सफल भएको थियो। नेकपा घोराही उपमहानगर कमिटीको तर्फबाट सुदिप चौधरीले एक गोल गरेका थिए भने नेकपा तुलसीपुर उपमहानगर कमिटीले एक आत्मघाती गोल गरेको थियो। यस्तै नेकपा तुलसीपुर उपमहानगर कमिटीले फाइनलमा नेकपा घोराही उपमहानगर कमिटीसंग हार व्यहोर्दै दोश्रो स्थानमा चित्त बुझाएको हो।

यस्तै पार्टी पुनर्गठन दिबसको अवसरमा नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समितिले दाङले मंगलबार जिल्लाको तुलसीपुरमा कुर्सी दौड र घैटोफोड प्रतियोगिता सम्पन्न गरेको छ।
कुर्सी दौड प्रतियोगितामा जम्मा १६ जना महिला खेलाडीहरुको सहभागीता रहेको थियो। प्रतियोगितामा दुर्गा शर्मा वली(प्रथम),मनिसा वली(द्वितीय),रमिता खड्का (तृतीय) र पबिता बस्नेत केसि(सान्त्वना) जित निकाल्न सफल भएका थिए।
यस्तै अनेमसंघ क्रान्तिकारी दाङले आयोजना गरेको घैटोफोड प्रतियोगितामा जम्मा १२ जना महिला खेलाडीहरुको सहभागीता रहेको थियो। प्रतियोगितामा अमृता रोका(प्रथम),विपना बस्नेत र दुर्गा शर्मा वली(द्वितीय) र रमिता खड्काले तृतीय स्थान प्राप्त गरेका हुन। कुर्सी दौड र घैटोफोड प्रतियोगिताका बिजेताहरुले नगद प्रमाणपत्र र मेडल प्राप्त गर्ने संगठनले जनाएको छ।

फोटोफिचर:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार