विप्लव निकट अखिल(क्रान्तिकारी)द्वारा साइप्रसबाट नेपाली चेलिको उद्दार

डेली न्युजराप्ती       १५ माघ २०७९ २२:२९ मा प्रकाशित     312 No Comments

हेमन्त प्रकाश वली ।
माघ १५/ दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले साइप्रसबाट अर्कि नेपाली चेलिको उद्दार गरेको छ ।
संगठनले आज मेनपावरका नाममा मानवतस्करीमा पारिएकि बिपना(नाम परिवर्तन गरिएको) नेपाली चेलिलाइ उद्दार गरि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत समेत गरेको हो ।

संगठनको केन्द्रीय समितिको पहलमा तथा जनप्रगतिशिल मोर्चा युरोपको आर्थिक सहयोगमा Cyprus बाट उद्धार उद्दार गरिएको संगठनका महासचिव ललित सीले डेलिन्युजराप्तीलाई जानकारी दिएका छन् ।
यस्तै महासचिव ललितले मेनपावरका नाममा मानवतस्करी गरिरहेकाहरु दलालहरुलाई संगठनले कार्वाही गर्ने समेत चेतावनी दिएका छन् ।

दिल्ली हुँदै ओमानमा बेचिन पुगेकी सुर्खेतकी चेलीको विप्लवनिकट विद्यार्थी संगठनद्धारा उद्धार:
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को पहलमा भारतको दिल्ली हुँदै ओमानमा बेचिन पुगेकी नेपाली चेलीको समेत उद्धार गरिएको थियो । ती चेलीलाई सफल रुपमा उद्धार गरी माघ १२ गते नेपाल ल्याईएको थियो ।

उनलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंमा अखिल (क्रान्तिकारी) केन्द्रिय कार्यालय सचिव लोकेश जोशी लगायतको टिमले स्वागत गरेको थियो ।

बेचिन पुगेकी पीडित महिलाले ओमानमा थुप्रै शारीरिक र मानसिक यातना पाएको भिडियो सन्देशमा बताएकी थिइन । जसको कारण उनको स्वास्थ्य अवस्था खराब रहेको छ । पीडितलाई न्यायको निम्ति मानव तस्करका विरुद्ध आवश्यक कानुनी प्रक्रिया थालिने विद्यार्थी नेता जोशीले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार