मावी दोघरेमा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम: भर्ना अभियानमा सहयोग गर्ने प्रतिवद्धता

डेली न्युजराप्ती       ११ चैत्र २०८० ०७:५८ मा प्रकाशित     146 No Comments

हेमन्त प्रकाश वली ।

चैत्र ११ , तुलसीपुर ।

तुलसीपुरमा रहेको माध्यामिक बिधालय दोघरेमा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

शनिवार भएको अन्तरक्रिया कार्यक्रममा सबै सरोकारवालाहरुले बिधालयको भर्ना अभियानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस्तै २०८१ देखि प्लस टु चलाउने , नयाँ भवनमा शिलालेख स्थापना गर्ने निर्णय समेत गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित उच्च अदालत दिपायलका माननीय न्यायाधीश एवम कार्यक्रमका प्रमुख अतिथि गोकर्ण डाँगीले अक्षरुपी पच्पन्न हजार पाँच सय पच्पन्न रुपैयाँ बिधालयलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

माननीय गोकर्ण डाँगिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुक्ती प्रसाद न्यौपाने , मुक्तिप्रसाद भट्टराई , मदन हमाल , विकाश सी , वलिराम खत्री , जय बहादुर घर्ती , वसन्ता केसि , टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो भने अन्तरक्रिया कार्यक्रममा सबैले सुझाब सल्लाह सहितको मन्तव्य व्यक्त गरेका थिए ।

बिधालयका निवर्तमान प्रधानाध्यापक घनश्याम आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण बिधालयका शिक्षक मेघराज पोख्रेलले गरेका थिए भने अध्यक्षता तुलसीपुर ९ का वडा अध्यक्ष घनश्याम ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार