एमसिसी बिरोधि पार्टी छोडेर उदय जिएम माओवादी केन्द्र प्रवेश

डेली न्युजराप्ती       १ चैत्र २०७८ १३:१४ मा प्रकाशित     532 No Comments


न्यूजराप्ती। चैत्र १,दाङ। नेकपा(मसाल) निकट प्रगतिशील पत्रकार संघ केन्द्रिय समितिका पुर्व अध्यक्ष एवम नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम नेकपा(माओवादी केन्द्र) प्रवेश गरेका छन।

आज मंगलबार जिएमले औपचारिक रूपमा नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालमा आबद्ध भएका हुन। उनलाइ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता कृष्णबहादुर महरा र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल)ले पार्टीमा स्वागत गरेको जनाइएको छ। जिएमले परित्याग गरेको पार्टी नेकपा(मसाल)ले संसदभित्र र बाहिर एमसिसी परियोजनाको बिरोध गर्दै आइरहेको छ भने हाल उनले प्रवेश गरेको नेकपा(माओवादी केन्द्र)ले सत्ता गठबन्धनसंगै मिलेर एमसिसी सम्झौता संसदबाट अनुमोदन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार