दाङको कुल जनसंख्या ६ लाख ७३ हजार २७७ पुग्यो

डेली न्युजराप्ती       १४ माघ २०७८ १४:२६ मा प्रकाशित     280 No Comments


दाङ : दाङको कुल जनसंख्या ६ लाख ७६ हजार २७७ पुगेको छ । बुधबार तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को सार्वजनिक प्रारम्भिक नतिजा अनुसार जिल्लामा ३ लाख २१ हजार ९०१ पुरुष र ३ लाख ५४ हजार ३७६ महिला गरी कुल ६ लाख ७६ हजार २७७ जनसंख्या पुगेको हो । त्यस्तै राष्ट्रिय जनगणना २०६८ मा जिल्लामा ५ लाख ५२ हजार ५८३ जनसंख्या रहेको थियो । यस्तै जिल्लामा लैंगिक अनुपात ९० दशमलव ८४ रहेको छ । परिवारको औसत आकार ४ दशमलव ०८, जनघनत्व २२९ रहेको छ, भने वार्षिक जनसंख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ ।

यसैगरी जिल्लाका १० स्थानीय तह मध्य सबैभन्दा बढि जनसंख्या घोराही उपमहानगरपालिका र कम बंगलाचुली गाउँपालिकामा रहेका छन् । जस मध्य घोराही उपमहानगरपालिकामा ९४ हजार ३८४ पुरुष र १ लाख ६ हजार ६९५ महिला गरी २ लाख १ हजार ७९ जनसंख्या रहेको छ । ४५ हजार २४० घर संख्या र ५१ हजार ६१९ परिवार संख्या रहेको छ । त्यस्तै बंगलाचुली गाउँपालिकामा १० हजार २७६ पुरुष र १२ हजार ६०१ महिला गरी २२ हजार ८७७ जनसंख्या रहेको छ । त्यस्तै ४ हजार ९५१ घर संख्या र ५ हजार १७३ परिवार संख्या रहेको छ ।

त्यस्तै राजपुर गाउँपालिकामा १४ हजार १७१ पुरुष र १४ हजार २३९ महिला गरी २८ हजार ४१० जनसंख्या रहेको छ । त्यस्तै ५ हजार ६३४ घर र ५ हजार ८९६ परिवार संख्या रहेको छ । त्यस्तै राप्ती गाउँपालिकामा २४ हजार ७२० पुरुष र २७ हजार ४३८ महिला गरी ५२ हजार १५८ जनसंख्या रहेको छ । उक्त गाउँपालिकामा १० हजार ९४० घर संख्या र ११ हजार ८३७ परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा १२ हजार ८७२ पुरुष र १४ हजार ७९४ महिला गरी २७ हजार ६६६ जनसंख्या रहेको छ । ६ हजार ७९२ घर संख्या र ७ हजार र ७ हजार १३७ परिवार संख्या रहेका छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ८५ हजार ७०१ पुरुष र ९५ हजार ३३ महिला गरी १ लाख ८० हजार ७३४ जनसंख्या रहेको छ । तुलसीपुरमा ४१ हजार १२ घर संख्या र ४६ हजार ६९९ परिवार संख्या रहेको छ ।

त्यस्तै बबई गाउँपालिकामा १४ हजार ५२७ पुरुष र १६ हजार ७९० महिला गरी ३१ हजार ३१७ जनसंख्या रहेको छ । ७ हजार १७१ घर संख्या र ७ हजार ५३८ परिवार संख्या रहेको छ । त्यस्तै दंगीशरण गाउँपालिकामा ११ हजार ४३६ पुरुष र १२ हजार २३६ महिला गरी २३ हजार ६७२ जनसंख्या रहेको छ । ५ हजार ५७९ घर संख्या र ५ हजार ८९७ परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै गढवा गाउँपालिकामा २२ हजार ६५० पुरुष र २३ हजार ६२५ महिला गरी ४६ हजार २७५ जनसंख्या रहेको छ । ९ हजार ४४८ घर संख्या र १० हजार ८४ परिवार संख्या रहेको छ । त्यस्तै लमही नगरपालिकामा २८ हजार २५७ पुरुष र ३० हजार ६२७ महिला गरी ५८ हजार ८८४ जनसंख्या रहेको छ । १२ हजार ४८२ घर संख्या र १३ हजार ८६२ परिवार संख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार