युवा संगठन नेपाल दाङद्वारा जहाज दुर्घटनामा मृत्युवरण गर्नुहुने सबैप्रती दिप प्रज्वलन गरि शोक व्यक्त

डेली न्युजराप्ती       ३ माघ २०७९ १९:२७ मा प्रकाशित     161 No Comments

३ माघ , काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न मंगलबार दाङमा दीप प्रज्वलन गरिएको छ ।

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल दाङले दाङको तुलसीपुर स्थित नेपाल वायु सेवा निगम कार्यालयको अगाडि मदन आश्रीत चोकमा भेला भएर उनीहरुले विमान दुर्घटनाको शोकमा दीप प्रज्वलन गरेका हुन् ।

दिप प्रज्वलनमा शोक मन्तव्य राख्दै युवा संगठन नेपाल दाङका अध्यक्ष सुदर्शन सीले पटकपटक यस प्रकारका अकल्पनीय दुर्घटनाहरू रोक्न प्रभावकारी कदम चाल्न सरकारसंग जोडदार माग गरेका छन् ।

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान चालकदल सहीत ५७ नेपाली र १५ विदेशी यात्रु रहेको काठमाडौंवाट पोखरा गईरहेको यती एयरलाइन्सको 9N-ANC, ATR 72-500 विमान बिहान १०:५१ वजे पोखरामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि ७२ जना सबै चालकदल सहित यात्रुले मृत्युवरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार