भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालप्रति दिएको अभिव्यक्ति आपत्तिजनक

डेली न्युजराप्ती       २२ चैत्र २०७९ १२:२९ मा प्रकाशित     131 No Comments

काठमाडौं । समाजवादी देशभक्त मोर्चाले विश्व हिंन्दु सम्मेलनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिंन्दु धर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएको छ। मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएका हुन्।
मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष विप्लव सी उक्त भनाइवाट नेपालको सार्वभौमिकता, राजनैतिक स्वतन्त्रता र जनभावनामाथि गरिएको ठाडो हस्तक्षेप गरिएको भन्दै घोर भ्रत्सना गरेका हुन् ।
अध्यक्ष विप्लव सी द्वारा जारी बिज्ञप्तिमा नेपालमा कस्तो राजनैतिक व्यवस्था हुने र बनाउने साथै धर्म मान्नेकि नमान्ने भन्ने अधिकार पूर्णतः नेपाली जनतामा भएको उल्लेख गर्दै भनिएको छ – ‘यतिवेला नेपालको दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भएको सत्य हो । तर यो व्यवस्था पनि नेपाली जनताको छनोटबाट स्थापित नभइ नयाँ जनवाद—वैज्ञानिक समाजवादलाई रोक्नका लागि भारत, अमेरिका लगायतको निर्देशनमा लादिएको व्यवस्था हो । यसको विकल्प र समाधान राजतन्त्र हुन सक्दैन । संसदीय व्यवस्थाको संकटको निकास र विकल्प जनवादी गणतन्त्र या वैज्ञानिक समाजवादी व्यवस्था मात्र हुन सक्छ ।
समाजवादी—देशभक्त मोर्चा सबै कम्युनिष्ट, जनवादी, वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिहरुलाई सूचित गर्न चाहन्छकि विभिन्न साम्राज्यवादी शक्तिहरु नेपाललाई अस्थिर एवं अनिश्चित राजनैतिक भूमरिमा थुनेर प्रगतिशील एवं अग्रगामी शत्तिलहरुलाई कमजोर बनाउने, अग्रगामी निकासलाई भाड्ने, दलालहरुको थुप्रो लगाउने र नेपाललाई नवउपनिवेश बनाउने षड्यन्त्रमा लागि परेका छन् । आदित्यनाथको अभिव्यक्ति त्यसैको एउटा अंश हो ।’
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीको समाजवादी देशभक्त मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष विप्लव सी ले जारी गएको बिज्ञप्ति यस प्रकार रहेको छ- ‘यही चैत्र २० गते विश्व हिंन्दु सम्मेलनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिंन्दुधर्म हुनु पर्छ भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो गंभीर ध्यान पुगेको छ । यो हाम्रो देशको सार्वभौमिकता, राजनैतिक स्वतन्त्रता र जनभावना माथि गरिएको ठाडो हस्तक्षेप हो । यसको हामी घोर भत्र्सना गर्दछौं ।
नेपालमा कस्तो राजनैतिक व्यवस्था हुने र बनाउने साथै धर्म मान्नेकि नमान्ने भन्ने अधिकार पूर्णतः नेपाली जनतामा छ । यतिवेला नेपालको दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भएको सत्य हो । तर यो व्यवस्था पनि नेपाली जनताको छनोटबाट स्थापित नभइ नयाँ जनवाद—वैज्ञानिक समाजवादलाई रोक्नका लागि भारत, अमेरिका लगायतको निर्देशनमा लादिएको व्यवस्था हो । यसको विकल्प र समाधान राजतन्त्र हुन सक्दैन । संसदीय व्यवस्थाको संकटको निकास र विकल्प जनवादी गणतन्त्र या वैज्ञानिक समाजवादी व्यवस्था मात्र हुन सक्छ ।
समाजवादी—देशभक्त मोर्चा सबै कम्युनिष्ट, जनवादी, वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिहरुलाई सूचित गर्न चाहन्छकि विभिन्न साम्राज्यवादी शक्तिहरु नेपाललाई अस्थिर एवं अनिश्चित राजनैतिक भूमरिमा थुनेर प्रगतिशील एवं अग्रगामी शत्तिलहरुलाई कमजोर बनाउने, अग्रगामी निकासलाई भाड्ने, दलालहरुको थुप्रो लगाउने र नेपाललाई नवउपनिवेश बनाउने षड्यन्त्रमा लागि परेका छन् । आदित्यनाथको अभिव्यक्ति त्यसैको एउटा अंश हो । समयमै सचेत नभएमा भयानक घटनाहरु देखा पर्ने संभावना पनि छ । तर हामीलाई पूर्ण विश्वास छकि राष्ट्रवादी, अग्रगामी, परिवर्तनकारी एवं क्रान्तिकारी प्रवृत्ति भएका नेपाली जनताले यस्ता षड्यन्त्रहरुलाई सफल हुन दिने छैनन् । मोर्चा नेपाली जनताको परिवर्तनकारी चाहनाको नेतृत्व गर्न हरदम तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ । ‘

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार