सल्यानमा ट्रक मालिक भण्डारीले गुमाए तीन वर्षीय छोरा,आफ्नै ट्रकले किच्दा मृत्यु

डेली न्युजराप्ती       २१ भाद्र २०७९ १२:१९ मा प्रकाशित     239 No Comments


सल्यान। आफ्नै ट्रकले किच्दा सल्यानमा तीन वर्षीय बालककाे ज्यान गएकाे छ ।

जिल्लाकाे शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा साेमबार दिउँसाे ट्रकले किच्दा ट्रक मालिक केशर बहादुर भण्डारीका ३ वर्षीय छाेरा कृतिक भण्डारीको ज्यान गएकाे हाे ।

सोमबार पार्किङ गरी राखेको लु १ ख ९२५९ नम्बरको ट्रक काम विशेषले सामान लोड गर्न अगाडी बढाउने बेलामा बालक एक्कासी ट्रकतिर आउँदा ट्रकको पछाडिको भागले किचेर मृत्यु भएकाे हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका बालककाे उपचारको क्रममा श्रीनगरस्थित परोपकार हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बालकलाई किच्ने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार