प्रचण्डको पार्टी विघटनको डिलमा पुगेको भन्दै पुनः विप्लवको पार्टीमा फर्किए वली

डेली न्युजराप्ती       १९ आश्विन २०८१ १६:१५ मा प्रकाशित     546 No Comments

असोज १८,दाङ ।
केही समयअघि नेकपा माओवादी केन्द्र प्रवेश गरेका नेता डिल्ली वली पुनः विप्लव नेतृत्वको नेकपामा फर्किएका छन् ।

शुक्रबार जानकारी विज्ञप्ति जारी गर्दै नेता वलीले आफुले नेकपा माओवादी केन्द्र परित्याग गरेको जानकारी दिएका छन् ।

‘उक्त पार्टीको स्थिती हेर्दा त्यो पार्टी विघटनको डिलमा पुगेको छ । तसर्थ मैले आजैका मितिदेखी उक्त पार्टी परित्याग गरि जनताको बिचमा लोकप्रीय भइरहेको नेपाल कम्युनिस्ट पार्टीमा पुनः जोडिएको छु । अब देश र जनताको पक्षमा सकेजती निरन्तर काम गर्ने प्रतिबद्धता गर्दछु ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेता वलीले माओवादी केन्द्र प्रवेश गरेको करिब ९ महिनाको अवधीमा सो पार्टीका सम्पुर्ण गतिविधि नजिकबाट हेर्ने मौका मिलेको समेत बताएका छन् ।

नेकपामा रहँदा वली अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष थिए ।

उनले २०८० साल माघ महिनामा भुलवस नेपाल कम्युनिस्ट पार्टी छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको वलीले जानकारी वक्तव्यमा बताएका छन् ।

शनिबार नेता वलीलाई नेकपा तुलसीपुर उपमहानगर अन्तर्गत रहने जिल्ला समितिका सदस्यहरु सम्मीलित समिक्षात्मक कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा हस्तान्तरण गरि पार्टीमा पुनः स्वागत गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीले पार्टीमा पुनः जोडिएका नेता वलीलाई पार्टीमा उचित जिम्मेवारी सहित जनताको पक्षमा काम गर्ने वातावरण मिलाइने बताए ।

यस्तो जानकारी बिज्ञप्तीको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार