अखिल (क्रान्तिकारी) का नेता डिवि सी पक्राउ, रिहा आन्दोलन चर्काउने संगठनको चेतावनी!

डेली न्युजराप्ती       १ जेष्ठ २०८० २१:५१ मा प्रकाशित     166 No Comments

काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा CTEVT ईन्चार्ज डिवि सी पक्राउ परेका छन्। सोमवार संयुक्त विद्यार्थी संगठनले ५९ औं दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भए पश्चात राष्ट्रिय नाचघर जमलबाट पक्राउ परेका हुन। पक्राउ पर्नुको कारण र अवस्था बारे केही खुलेको छैन।

नेता डिवि पक्राउ परेपछि अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा कार्यालय सचिव लोकेश सी ले फेसबुक स्टाटस मार्फत् तत्काल रिहाईको माग गरेका छन्। उनले भने “बिनाकारण कार्यक्रम स्थल नाचघर,जमलबाट गिरफ्तार गरिएका हाम्रो संगठन अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य एवं CTEVT इन्चार्ज क. डिबि लाई तत्काल रिहाइको लागी अपिल गर्दछौं अन्यथा संगठन कडा संघर्षमा उत्रिने चेतावनी दिन चाहान्छौ ।”

यस्तै हामिले नेता डिवी सी पक्राउ बारेको जिज्ञासामा संगठनका महासचिव ललित सीले भने “बिनाकारण गिरफ्तार गरिएको छ । हामी राज्यलाइ चेतावनी दिन चाहान्छौं संगठनका नेताहरुलाइ अनावश्यक गिरफ्तार गर्ने , दमन गर्ने रबैया नरोके यसको मुल्य महंगो पर्नेवाला छ । अबिलम्ब रिहाइ नगरे हामी देशव्यापी आन्दोलन चर्काउछौं । यो त कस्तो भयो भने हामिलाइ राज्यले सामान्य हिडडुल गर्नै नदिने , सभा/सम्मेलनमा भाग लिनै नदिने प्रकारको हर्कत भयो । यो हाम्रा लागि सैह्य हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार