तुलसीपुर महोत्सव: अरुणको जित , चालिसेको हार , अनावश्यक रुपले व्यवसायीलाई मार

डेली न्युजराप्ती       २५ मंसिर २०७९ २०:२० मा प्रकाशित     563 No Comments

मंसिर २५ , तुलसीपुर । पटकपटक विवादका कारण लामो समयसम्म रोकिएको प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सव आज भव्यताका साथ उद्घाटन गरिएको छ ।
युथ्स अफ तुलसीपुरको आयोजनामा आयोजित लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सव आज एक भव्य समारोहका बिच तुलसीपुरमा उद्घाटन गरिएको हो ।

आधुनिक पुस्तकालय स्थापनार्थ संचालन हुन लागेको महोत्सवको दिउँसो १२ बजे उद्घाटन भएको हो । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका जलस्रोत तथा उर्जा राज्यमन्त्री अर्जुन श्रेष्ठले गर्नुभएको हो ।

महोत्सव उद्घाटन अघि साढे १० बजेतिर तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट शान्ति र्‍याली शुरु भइ र्‍यालीले बजार परिक्रमा गरी महोत्सवस्थल तुलसीपुर-६ हात्तिखौवामा पुगि महोत्सव स्थलमा परिणत भएको थियो ।

आजदेखि शुरु हुने महोत्सव पौष ६ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सवमा कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रबर्द्धन हुने भएको छ ।
महोत्सवमा करिब २ करोड कारोबार गर्ने लक्ष्य रहेको छ भने २५ लाख बचत गरेर आधुनिक पुस्तकालय स्थापना गरिने महोत्सव आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभएको हो ।
महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कसरी विवादित बन्यो महोत्सव? अरुणको जित , चालिसेको हार , अनावश्यक रुपले व्यवसायीलाई मार:

युथ्स अफ तुलसीपुरले तुलसीपुरमा महोत्सव संचालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको थियो । महोत्सव संचालनका लागि आवश्यक सबै प्रक्रिया समबन्धित निकायबाट पूरा गरेको भएपनि महोत्सव बिबादित भएपछी आम संचारमा आएका समाचार , बिभिन्न निकायले अनुमती दिएका पत्र लगाएतबाट स्पष्ट हुन सकिन्छ ।

महोत्सव संचालनका लागि आयोजक युथ्स अफ तुलसीपुरले जिल्ला प्रशासन कार्यालय , तुलसीपुर उपमहानगरपालिका , तुलसीपुर उपमहानगरपालिका वडा नं.५ , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बाट अनुमति लिएको थियो । साथै महोत्सव आयोजक युथ्स अफ तुलसीपुरले महोत्सव संचालनका लागि स्थानीय सरकारलाइ बुझाउनुपर्ने मनोरञ्जन कर समेत भुक्तानी गरिसकेको अरुण लहरेले सार्वजनिक मंचमै बोलिसकेका छन ।

सबै प्रक्रिया पूरा गरिसकेको र सबै सम्बन्धित निकायबाट अनुमती लिइसकेको र संचालनको तयारीमा रहेको महोत्सव एकाएक विवादमा आएको थियो ।

यूथ्स अफ क्लब तुलसीपुरले मंसिर १५ गतेदेखि २६ गतेसम्म महोत्सव सञ्चालन गर्नेगरी सबै तयारी र अनुमती लिएको भएपनी एकाएक तुलसीपुर उद्योगवाणिज्य संघले मेला बिथोल्ने चेतावनी दिएको थियो । मंसिर १४ गते तुलसीपुरमा साँझपख पत्रकार सम्मेलनको आयोजना गरेर संघका अध्यक्ष चालिसेले असंवैधानिक रुपमा सञ्चालन हुन लागेको मेलालाई कुनै पनि हालतमा रोक्ने बताएका थिए । एकमहिना अघिदेखि व्यवसायीहरूको तर्फबाट आफूहरूले गरेको आग्रहलाई यूथ्स अफ क्लब तुलसीपुर र ठेकदारले अटेर गरेर मेला सञ्चालन गर्न लागेको बताउँदै जबरजस्ती रुपमा सञ्चालन गर्न खोजे मेला स्थलमै प्रवेश गरेर बिथोल्ने अध्यक्ष चालिसेले सार्वजनिक रुपमै बताएका थिए ।
पहिले नै मेला संचालनका लागि अनुमती दिइसकेको जिल्ला प्रशासन कार्यालयले समेत जब तुलसीपुर उधोग बाणिज्य संघ र चेम्बर अफ कमर्शले आपत्ती जनाए लग्गतै मेला रोक्न निर्देशन दिएको थियो ।

यसैबीच विवाद चुलिदै गएपछि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय दाङ , जिल्ला प्रहरी कार्यालय दाङ , तुलसीपुर उधोग बाणिज्य संघ , तुलसीपुर चेम्बर अफ कमर्श र युथ्स अफ तुलसीपुरबिच व्यवसायीहरुलाइ प्रभाव नपर्ने गरि व्यापारिक स्टलहरु हटाएर कृषि पर्यटन महोत्सव मात्रै संचालन गर्ने सहमती भएको थियो । तर आजदेखि संचालन भएको महोत्सवमा व्यापारीक स्टलहरु समेत राख्न दिनेगरी अनुमति दिएको र महोत्सव व्यापारीक स्टलहरु राख्नेगरी संचालन हुन लागेकाले महोत्सव विरुद्ध जान परेको उधोग बाणिज्य संघले जनाएको छ ।

मंसिर १५ गतेदेखि २६ गतेसम्म प्रथम लुम्बिनी, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन गर्ने उदेश्यसहित अगाडि वढेको युथ्स अफ तुलसीपुरका विरुद्ध तुलसीपुर उधोग बाणिज्य संघले दुइदिनसम्म तुलसीपुरमा संचालित व्यापार व्यवसाय बन्द गर्न अह्वान गरेका थिए । व्यवसायीहरुको हितमा संचालित संघको आह्वानमा तुलसीपुरका अधिकांश व्यापारी एवम व्यवसायीहरुले दुइदिनसम्म आ-आफ्नो व्यापार व्यवसाय बन्द गरेका थिए तर आज जब दुइदिनसम्म व्यवसाय /व्यापार बन्द गर्दापनि महोत्सव भव्यताका साथ उद्घाटन हुँदै गर्दा अधिकांश व्यापारी/व्यवसायीहरुले महोत्सव आयोजक संस्था युथ्स अफ तुलसीपुर र उधोग बाणिज्य संघको आपसि लडाइको कारणले आफुहरु मारमा परेको व्यापारीहरुको गुनासो व्यक्त गरेका छन ।

यि सबै घटनाक्रममा अधारित भइरहदा सबै प्रक्रिया पूरा गरेर पनि महोत्सव संचालन गर्न नपाउने आयोजक युथ्स अफ तुलसीपुर , सबै प्रक्रिया पूरा गर्दापनि बिरोध गर्ने तुलसीपुर उधोग बाणिज्य संघ र तुलसीपुर चेम्बर कमर्श र अनुमती दिने जिल्ला प्रशासन कार्यालय दाङ समेत बिनाकारण महोत्सवको विरुद्धमा जादा अनेकौ आशंका र प्रश्नहरु खडा भएका छन ।

मेला/महोत्सवका विरुद्ध तुलसीपुरका व्यापारी/व्यवसायी एकजुट भइ मेला रोक्नुपर्छ भन्दै दुइदिनसम्म व्यक्तिगत व्यापार/व्यवसाय बन्द गर्न निर्देशन दिने तुलसीपुर उधोग बाणिज्य संघको अपिललाई स्विकार गरेका व्यापारीहरु समेत अनावश्यक मारमा परेका छन किनकी दुइदिनसम्म व्यपार/व्यवसाय बन्द गर्दा समेत महोत्सव संचालन भइसक्यो दुइदिन पसल बन्दको भरपाइ कसले गर्छ भन्दै एक व्यवसायीले डेलिन्युजराप्तीसंग दुखेसो पोखेका छन ।

तुलसीपुरमा आजदेखि संचालन भएको तुलसीपुर महोत्सवका विरुद्ध तुलसीपुर उद्योगवाणिज्य संघले आज तुलसीपुर उपमहानगरपालिकामा तालाबन्दि गरेको छ । हातमा कालो झण्डा लिएर सडकमा उत्रिएका व्यवसायीले तुलसीपुर उपमहानगरको मुल गेट र कार्यालयको गेटमा तालाबन्दि गरेर दिनभर धर्ना दिएका थिए । उनिहरुले गेट र कार्यालयमा समेत कालो झण्डा राखेका थिए । वाणिज्य संघको आन्दोलनका कारण उपमहानगरको कामकाज दिनभर ठप्प भएको हो ।

वाणिज्य संघले तुलसीपुरको वीरेन्द्र चोकमा बिहान एक घन्टा चक्का जाम समेत गरेको थियो । मंसिर १५ गते भएको सहमति विपरित मेला आयोजक युथ्स अफ क्लब तुलसीपुरले महोत्सव स्थलमा व्यापारिक स्टल राखेको भन्दै विरोध गरेको संघले जनाएको छ । सहमति कार्यान्वयन नभएसम्म आफ्नो आन्दोलनको कार्यक्रम जारी रहने वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताएका थिए।

यता तुलसीपुर चेम्बर अफ कमर्सले सहमति कार्यान्वयन गर्न मेला आयोजक संस्था यथ्स अफ क्लब तुलसीपुरलाई आग्रह गरेको छ । चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै मंसिर १५ गते मेला आयोजक, प्रहरी, प्रशासन र व्यवसायीविच भएको सहमति अनुसार व्यापारिक स्टल नराख्न आग्रह गरेका छ्न ।

घटनाक्रम जसरी विकास भएपनी तुलसीपुरमा आज भव्य रुपमा महोत्सवको उद्घाटन भएपछि तुलसीपुरका बुद्धिजीवी , व्यवसायी , व्यापारी , उधोगीहरुले महोत्सव आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेको जित , तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको हार र महोत्सव आयोजक संस्था युथ्स अफ तुलसीपुर र तुलसीपुर उधोग बाणिज्य संघको अनावश्यक लडाइँबिच व्यवसायीलाई मार परेको जानकारहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार