देउवाको भारत भ्रमण: देउवाले ढाटे पनि माेदिले खुलाए “पञ्चेश्वर परियोजना सम्झौता भएको छ”

डेली न्युजराप्ती       १९ चैत्र २०७८ २०:१७ मा प्रकाशित     386 No Comments

चैत्र १९। तीन दिने भारत भ्रमणमा निस्केका देउवाले ढाटे पनि माेदिले खुलाए “पञ्चेश्वर परियोजना सम्झौता भएको छ” । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन् । यो परियोजना यस क्षेत्रको विकासका लागि एउटा गेम चेन्जर साबित हुने मोदीले विश्वास व्यक्त गरे । मोदीले विभिन्न परियोजनाको प्रगतिको समीक्षा र भविष्यको रुपरेखाबारे बिचार विमर्श गरेको बताए । उर्जा क्षेत्रमा दुबै पक्षले लाभ उठाउने विषयमा पूर्णसहमत भएको पनि उनले बताए ।

देउवा र माेदि बिच वान टु वान भेटघाट,छलफललाई गाेप्य राखियो:
नेपाल र भारत बिच दिल्लीमा द्विपक्षीय बैठक सम्पन्न भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान टु वान’ भेटवार्ता सकिए लगत्तै दुई देशका प्रतिनिधिबीच भेटवार्ता भएको हो । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् । देउवा र माेदिबिच भएको वान टु वान भेटघाटमा के के सम्झौता र के के कुराकानी भयो त्यो भने खुलाईएकाे छैन् गाेप्य राखिएको छ ।

देउवा र माेदिले गरे भर्चुअल मार्फत तीन आयोजना उद्घाटन:
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री शेरबहादुर देउवाले संयूक्त रुपमा रुपे कार्डको उद्घाटन गरेका छन् । भारत भ्रमणका क्रममा रहेका देउवा र भारतका प्रधानमन्त्री मोदीले विश्वव्यवापी भुक्तानी कार्डको उद्घाटन गरेका हुन् । ७० करोड भारतीयले प्रयोग गर्ने दावी गरिएको सो कार्ड नेपालमा एसबिआई बैंकमार्फत चल्ने जनाइएको छ ।

यस्तै नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमा पार रेल लिङ्क उद्घाटन गरेका हुन् । रेल खरिद गरेको करिब दुई वर्षपछि रेल सेवा औपचारिकरुपमा उद्घाटन भएको छ । जयनगरमा प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो । दुबै देशका प्रधानमन्त्रीले छुट्टाछुट्टै हरियो झन्डा देखाएसँगै जयनगरबाट कुर्थातर्फ रेल अघि बढेको छ ।

सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गरेका छन् । भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

देउवाले मागे भारत सित तीनवटा हवाई नयाँ रुट:
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको छ ।

चार बुँदे सम्झौतामा नेपाल र भारत सरकार बिच हस्ताक्षर:
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच शनिवार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा दुई समकक्षीबीच भेटवार्ता तथा सम्झौता भएको हो ।

एकीकृत सम्प्रेषणबाट…

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार