२० जना मान्छेको हातमा आधा नेपालीको भन्दा बढी सम्पत्ती छ: विप्लव

डेली न्युजराप्ती       २६ फाल्गुन २०७८ २०:०१ मा प्रकाशित     1071 No Comments


हेमन्त प्रकाश वली, फागुन २६,दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द( विप्लव)ले २० जना मान्छेको हातमा आधा नेपालीको भन्दा बढी सम्पत्ती भएको जिकिर गर्नुभएको छ। महासचिव विप्लव हिजो बेलुका ग्यालेक्सी फोरके टेलिभिजनमा रमेश प्रसाईं प्रस्तोता रहेको कार्यक्रम लाल मोहरमा अन्तर्वार्ता दिदै उक्त कुरा बताउनुभएको हो।
विप्लवले रातारात केही मान्छेहरु खर्बपती र अर्बपती भइरहेको तर कोहि जनता एक गाँस खान नपाएर सडक,झुप्रोमा समेत बस्ने ठाउँ नभएको बताउनुभएको थियो। उहाले भन्नुभयो – ‘ मुठ्ठीभर मान्छेहरु कसरी रातारात खर्बपती भए? यसलाइ पुरै बदल्नुपर्छ। यो बदल्नलाइ मर्नुपर्छ। केही मान्छेले मरेरपनि बदल्नुपर्छ। हामी तयार भएर हिडेका छौ नि। हामी के शुख सयलमा बस्यौं?दुई बर्ष हामिलाइ प्रतिबन्ध लगाइयो।हामिले के गरेका थियौं? एनसेलले ७२ अर्ब लुटेको फिर्ता गर भनेका हौं ।’

विप्लवले मानव बेचबिखन गर्ने तस्कर,सुकुम्बासीका घरहरुमा आगो लगाउनेका विरुद्ध लडेको समेत बताउनुभएको हो। कुनैबेला अरुलाइ ऋण दिने देश आज संसारको गरिब बन्नुमा यहि देशका दलालहरुको हात भएको समेत स्पष्ट पार्नुभएको थियो।
कार्यक्रम प्रस्तोता प्रसाइले तपाइले भनेको समाजवादी प्रणाली उत्तर कोरिया,चीन जस्तो हो भन्ने प्रश्नको उत्तर दिदै विप्लवले उत्तर कोरियाका विरुद्ध बाहिर भ्रम छरेजस्तो नभएको बताउनुभयो। विप्लवले भन्नुभयो – ‘सबभन्दा सुबिधा भएको देश मध्यमा उत्तर कोरिया,क्युबा हो। उत्तर कोरियामा कोहि भोको छैन।धनी र गरिब बिचको असमानताको खाडल छैन। दक्षिण कोरिया भन्दा उत्तर कोरियाको जनता शक्तिशाली र बलियो छ। उत्तर कोरिया आफ्नै खुट्टामा उभिएको देश हो। दक्षिण कोरिया अमेरिकाको उपनिवेश हो। ठुलाठुला घर छन भन्दैमा दक्षिण कोरिया धनी छ भन्ने ठान्नु हुदैन। दक्षिण कोरियामा ७५% युवाहरु डिप्रेसनमा छन,शासन अमेरिकाले गर्छन। अमेरिकाका बुद्धिजीवीहरुले नै भनेनी स्वास्थ्यमा क्युबा महाशक्ती राष्ट्र हो ।’
महासचिव विप्लवका अनुसार चिनपनी आजभन्दा करिब ५०/६० बर्ष पहिले नेपालभन्दा गरिब भएको तर माओत्सेतुङको नेतृत्वमा समाजवादी आन्दोलनले गर्दा आज यो ठाउमा आइपुगेको धारणा थियो।
अन्तर्वार्तामा सहभागीको प्रश्नमा उत्तर दिदै विप्लवले मेडिकल माफियाका विरुद्धमा बिद्रोह,संघर्ष गर्नुपर्ने बताउनुभएको थियो। चुनावको प्रसंगको प्रश्नमा बोल्दै विप्लवले भन्नुभयो – ‘ व्यवस्थाको चुनावमा हार्यौ भने स्विकार्छौ तर अहिलेको स्थानीय चुनावको बिसयमा संसदवादी दलका नेताहरुले भनिरहनुभएको छ त पैसा नभए चुनाव जितिन्न,अनि एउटा गरिबको छोराले चुनाब जितेर आउने कल्पना कसरी गर्न सकिन्छ? ।’

अन्तर्वार्तामा भावुक हुँदै विप्लवले नेपालमा आफै हातमा ठेला बसालेर काम गर्ने चाहना भएको बताउनुभएको थियो। उहाले भन्नुभयो – ‘ नेपालमा आफै हातमा ठेला बसालेर काम गर्ने चाहाना छ। किताब मात्रै पढ्ने होइन,कम्प्युटर मात्रै चलाउने होइन खेत जोत्ने चाहाना छ। यहिका नदिनालालाइ यहिको फाटमा सिचाउने चाहाना छ। हाम्रो चाहाना छ,त्यो गरेर छाड्ने इच्छा छ। कुनै देश आफै बनेका होइनन,हाम्रो देशलाइ पनि आफै बनाउने चाहाना छ।त्यो चाहिँ मेरो चाहाना छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार