फोनिज दाङको अध्यक्षमा पुनः राम्जा

डेली न्युजराप्ती       १२ पुष २०७८ १८:०२ मा प्रकाशित     459 No Comments


घोराहे,१२ पुस । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) दाङको ८ औं जिल्ला अधिवेश सम्पन्न भएको छ । अधिवेशनले पुनः प्रेमबहादुर राम्जाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा दीप्तीशिखा चौधरी, सचिबमा बिमला घर्ती, सह- सचिबमा अनिता चौधरी ,कोषाध्यक्षमा दीपक जीएम ,खुल्ला सदस्यमा टोपेन्द्र रोका मगर, रोम थापा, शुशिला घर्ती , रामप्रसाद चौधरी, सरिता चौधरी र डिला चौधरी चयन भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि फोनिजका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले वि.सं. २०५६ सालमा फोनिज दाङ स्थापना गरेको बताए । आदिवासी जनजातिका पैरवी, भाषा तथा रहनसहनलाई मूलधारका मिडियामा ल्याउने र निर्णायक चरणमा लग्ने उद्देश्यले फोनिको स्थपाना गरिएको उनले प्रष्ट पारे । अहिले मूलधारका मिडियाहरुले आदिवासी जनजातिका कुरा ल्याउने गरेको र फोनिकको दबाब , संघर्ष तथा सहकार्यमा महासंघमा समावेशी कोटा छुट्याइएको उनको भनाइ छ ।

प्रेस युनियन दाङका उपाध्यक्ष सन्तोष सुवेदी, प्रेस सेन्टर दाङ अध्यक्ष पाण्डव शर्मा, फोनिज दाङका पूर्व अध्यक्ष जेएन सागर, फोनिज दङका सल्लाहकार लक्षिमान चौधरी, प्रेस चौतारी दाङका सह- सचिब एकराज भण्डारी , जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंगबहादुर रेउले , थारु पत्रकार संघका केन्द्रीय सदस्य दिप्तीशिखा चौधरी लगायले मन्तव्य राखेका थिए ।

त्यसैगरी रामबहादुर जिएमले दिवंगत छोरोको सम्झनामा विजय स्मृति पुरस्कार स्थापना गरेका छन् । फोनिज दाङको अधिवेशनमा ३० हजार बराबरको अक्षकोष स्थापना उनले गरेका हुन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमको प्रमुख एंव नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष दुर्गालाल केसी विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

फोनिज दाङका उपाध्यक्ष शिव घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिब बिमला घर्तीले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार