नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालयको बैठक सम्पन्न,घोराही उपमहानगरको इन्चार्जमा निर्मल

डेली न्युजराप्ती       १४ मंसिर २०७८ १७:३८ मा प्रकाशित     737 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङको कार्यालयको बैठक मंगलबार तुलसीपुरमा सम्पन्न भएको छ।
बैठकले पार्टीको घोराही उपमहानगरपालिकाको इन्चार्ज/सेक्रेटरीमा कार्यालय सदस्य निर्मललाइ जिम्मेवारी प्रदान गरेको छ। यस्तै बैठकले मंसिर २५ गते भित्र पार्टी निकट सम्पुर्ण जबस मोर्चाका पालिका स्तरीय सम्मेलन गरिसक्ने,जिल्लामा उत्पादित धानलाई व्यवस्थित गर्ने,राष्ट्रियता,जनतन्त्र,जनजिबिका पक्षमा संघर्ष गर्ने,जबस मोर्चाका केन्द्रीय स्तरका अभियानलाई जिल्लामा सम्पुर्ण हिसाबले सम्पन्न गर्ने,जबस मोर्चाका जिल्ला सम्मेलन सम्पन्न गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार