जेष्ठ २२ , तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी निकट महिला संगठन अनेमसंघ क्रान्तिकारीको वडा स्तरीय कमिटी गठन गरिएको छ ।
नेकपा पश्चिम दाङ अन्तर्गत तुलसीपुर – १९ मा आज एक कार्यक्रमका बिच कमिटी गठन गरिएको हो ।
सोमबार नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीको बिशेष आतिथ्यमा भएको कार्यक्रममा शुसिला अध्यक्षमा चयन गर्दै ११ सदस्यीय वडा कमिटी गठन गरिएको संगठनकि जिल्ला अध्यक्ष प्रकृति सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभएको छ ।
जसको उपाध्यक्षमा माया सी , सचीवमा शोभा सी , सह-सचीवमा सीता सी र कोषाध्यक्षमा रामकली सी रहनुभएको छ ।
अनेमसंघ क्रान्तिकारी तुलसीपुर -१९ का अध्यक्ष शुसिला सीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीको बिशेष आतिथ्य , पार्टीका तुलसीपुर नगर इन्चार्ज भुवन सी , संगठनकि केन्द्रीय सदस्य रेखा सी , पार्टीका तुलसीपुर -१९ का वडा इन्चार्ज खड्ग सी , अनेमसंघ क्रान्तिकारी पश्चिम दाङकी अध्यक्ष कमला सी , नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य द्वय कमला सी र खिमा सी लगाएतको आतिथ्य रहेको थियो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.