तुलसीपुर खानेपानीको २१ औँ वार्षिक साधारण सभा तथा कार्यपरिषद बैठक

डेली न्युजराप्ती       ६ पुष २०८२ २१:३० मा प्रकाशित     144 No Comments


तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले शनिबार तुलसीपुरमा २१ औँ वार्षिक साधारण सभा तथा कार्यपरिषद् बैठक गरेको छ ।

संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नगरप्रमुख खड्काले संस्थामा सञ्चालित सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको ७९ % भौतिक प्रगति र ७४% वित्तीय प्रगति सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।

संस्थामा जम्मा धारा सङ्ख्या ११ हजार ६७२ रहेको छ । तुलसीपुर खानेपानी संस्थाको कार्यक्षेत्र तुलसीपुर उपमहानगरपालिकाको ३, ४, ५, ६, ७, ८, ९, १० र १२ नम्बर वडाहरु रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

कार्यक्रममा संस्थाको प्रतिवेदन अध्यक्ष यमकान्त भण्डारीले प्रस्तुत गर्नुभएको हो । यस्तै संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष भोलाप्रसाद थापाले प्रस्तुत गर्नुभएको थियो भने प्रगति प्रतिवेदन सचिव भुवन भुसालले गर्नुभएको थियो ।

कार्यक्रममा पार्षदहरु सुशीला सुवेदी, मानबहादुर केसी , मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति सुशील बस्नेत, नेपाल पत्रकार महासङ्घ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेत लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको हो । संस्थाका उपाध्यक्ष नारायणप्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव भुवन भुषालले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार