नेकपा बबईले मंसिर ४ को चुनाव खारेजी अभियानलाई तिब्र बनायो,ठाउँठाउँमा भित्तेलेखन

डेली न्युजराप्ती       २३ कार्तिक २०७९ १२:५३ मा प्रकाशित     252 No Comments


कार्तिक २३ ,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत बबई गाउँकमिटीले आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा चुनाव खारेजि अभियानलाई तीब्र बनाएको छ ।
नेकपा बबई गाउँपालिकाले आसन्न मंसिर ४ गतेको कथित संसदीय निर्वाचन खारेजी अभियानलाई शसक्त बनाउने क्रममा बबई गाउँपालिकाका विभिन्न ठाउँहरुमा भित्तेलेखन र पर्चा वितरण कार्यलाई तिब्रता दिएको हो ।

मंसिर ४ को कथित संसदीय चुनाव खारेज गरौं लगायतका नाराहरु लेखेर चुनाव खारेजी अभियानलाई सशक्त बनाएको नेकपा बबई गाउँकमिटी सदस्य प्रेम प्रकाश सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार