पाकिस्तानमा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण : ४० जनाको मृत्यु

डेली न्युजराप्ती       ७ मंसिर २०८१ ११:२८ मा प्रकाशित     46 No Comments

काठमाडौँ । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रु बाहक बस माथि गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ ।
बन्दुकधारीको आक्रमण बाट थप १६ जना गम्भीर घाइते भएको छन् । अफगानिस्तान सँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्था माथि बन्दुकधारीहरुले आक्रमण गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भूमिको स्वामित्वलाई लिएर सो क्षेत्रमा दशकौं देखि शिया र सुन्नि मुश्लिम हतियारधारी समूह बीच विवाद रहँदै आएको छ । घटनाको जिम्मेवारी अहिले सम्म कुनै समुहले लिएको छैन । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार