नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा , ९७ रनले सिंगापुर पराजित!

डेली न्युजराप्ती       १८ असार २०८० १३:३२ मा प्रकाशित     160 No Comments

काठमाडौं। नेपाल एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ रनले पराजित गर्‍यो।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर एक सय ८४ रन जोडेको थियो। नेपालको पालीमा सुर्यांशु कोइरालाले ४३, निरजकुमार यादबले ४२ र कप्तान अभिशेक तिवारीले २५ रन बनाएका थिए।

यस्तै सन्तोष यादबले १८, दिपुकुमारले १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाएका थिए। सिंगापुरले ३१.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्यो।

नेपालका कृतिक कामतले तीन तथा अभिशेक तिवारी, प्रतिक पोखरेल, अशोक धामी, सन्तोष यादब र नरेन भट्टले एक एक विकेट लिए। नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार