२९ माघ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदिप वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार दाङको भालुवाङमा भएको तेस्रो अधिवेशनबाट वाग्लेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षमा भुपेन्द्र वली, समावेशी उपाध्यक्षमा चिन्ता परियार, महिला उपाध्यक्ष देवी गुरूङ, महासचिबमा कमल रायमाझी, सचिबमा तिलाचन पार्दे, महिला सचिवमा अनिता पोख्रेल, जनजाती सचिबमा जितेन्द्र बुढा, दलित सचिबमा भरत नेपाली, सचिबमा जिवलाल सुबेदी, कोषाध्यक्षमा प्रकाश वैद्य निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा मिन अधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विकको अध्यक्षता एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.