पाँच लाख घुससहित मालपोतका प्रमुख पक्राउ

डेली न्युजराप्ती       २८ चैत्र २०७८ ११:३७ मा प्रकाशित     301 No Comments


धनुषा २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधाम भानु चोकमा रहेको एक चिया पसलबाट घुसबापत सेवाग्रहीसँग लिएको पाँच लाख रुपैयाँसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार