साम्राज्यवाद कुनै अलौकिक शक्ति होईन : विप्लव

डेली न्युजराप्ती       २४ चैत्र २०७८ ११:४८ मा प्रकाशित     362 No Comments


दाङ। नेकपाका महासचिव विप्लवले बुधवार आफ्नो पार्टी निकट युवा संगठन नेपालको केन्द्रिय समितिको वैठकका सन्दर्भमा मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समिति र रूपन्देहीका जिल्ला स्तरका कार्यकर्तालाई प्रशिक्षित गर्नुभएको छ ।
प्रशिक्षण दिँदै उहाँले एमसीसीले नेपाललाई नवउपनिवेशतर्फ धकेल्न खोजेको भन्दै साम्राज्यवाद कुनै अलौकिक शक्ति नभएको र त्यसलाई देखाएर भाग्न जरूरी नभएको बताउनुभयो । पार्टीविरुद्व अनलाइन मिडियाहरुमा स्थानिय चुनावबारे भ्रामक प्रचार गरेर बदनाम गर्न खोजेपनि यस्ता भ्रामक प्रचारलाई परास्त पार्दै दलाल संसदीय व्यवस्थाको विकृतिको निरन्तर भण्डाफोर गर्दै देशभक्त, एमसीसी विरोधिलाई सहयोग गर्ने बताउनु भयो । एकीकृत जनक्रान्तिको कार्यदिशासँगै पार्टीले सम्पत्तिको स्वामित्व, राजनीतिक प्रणाली, शासकीय स्वरुपका विषयमा छलफल बढाएको पनि बताउनु भयो । नेता भएर माक्र्स र लेनिनका कोटेसनहरु सुनाएर क्रान्ति सम्पन्न नहुने र जनतासँग कृषि र श्रममा निरन्तर जोडिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी निरन्तर कृषिमा जोडिएको र उत्पादनमा आत्म निर्भर हुँदै गएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी नेपाली राजनीतिको वैकल्पिक पार्टी रहेको र यसको निकास एकिकृत जनक्रान्ति रहेको बताउनु भयो ।
बुधवारदेखि सुरु भएको युवा संगठन नेपालको वैठक अझै जारी रहेको छ । कार्यक्रममा नेकपाका केन्द्रिय सचिवालय सदस्य विषम, केन्द्रिय सदस्य तथा युवा फ्यासन ईन्चार्ज कृति, केन्द्रिय सदस्य सन्जिव लगायत नेताकार्यकर्ताको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार