हेमन्त प्रकाश वली ।
श्रावण ३२,दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले प्रत्येक महिनाको अन्तिम शुक्रबारलाई ‘रचनात्मक डे’को रुपमा मनाउने निर्णय गरेको छ ।
पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले जिल्लाका प्रत्येक पालिका समितिले प्रत्येक महिनाको अन्तिम शुक्रबार सार्वजनिक स्थलमा सरसफाइ वा अन्य कुनै रचनात्मक काम गरेर ‘रचनात्मक डे’ मनाउने निर्णय गरेको हो ।
यस्तै यो श्रावण महिनाको अन्तिम शुक्रबारलाई नेकपाले जिल्लाका सबै पालिकामा त्यहाँको अनुकूलतामा ‘रचनात्मक डे’ मनाएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिनुभएको छ ।
यस्तै नेकपा तुलसीपुर नगर समितिले तुलसीपुर -१९ मा रहेको माध्यामिक बिधालय संक्राममा सरसफाइ गरि रचनात्मक डे मनाएको छ ।
पार्टीका नेताकार्यकर्ताहरुको उल्लेख्य सहभागीतामा बिधालय सरसफाइ गरिएको हो ।
सोही अवसरमा पार्टीले सञ्चालन गरिरहेको ‘रचनात्मक डे’का बारेमा स्पष्ट पार्दै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पर्यावरणीय दृस्टीले अहिले बिश्वभरी मानव जीवन गम्भीर संकटमा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘मानव जातीले नै आफ्नो फाइदाका लागी प्रकृतीको बिनाश गरिरहेको सन्दर्भमा यो अभियान सामान्य कुरा होइन । हामिले धेरै ठुला कुरा गरेका छैनौं आ-आफ्नो घर आँगन सफा गरौं , कम्तिमा सार्वजनिक स्थलहरु सफाइ गरौं ,सक्दैनौं भने फोहोर गर्ने काम बन्द गरौं । हामिले यो देशको राजनीतिक दुर्गन्ध सफाई गर्ने अभियान पनि चलाइरहेका छौँ तर स्वास्थ्य र जनताको जिवनका दृस्टीले यो सरसफाइ अभियानको महत्व धेरै छ ।’
हामिले राजनीतिलाई उत्पादन र श्रमसंग जोडेका छौँ।’, उहाँले भन्नुभयो , ‘ हामिले नेपालमा वैकल्पिक धारको नेतृत्व गरिरहेका छौँ । नेपालको राजनीति स्वाधिन नहुनुको एउटा कारण नेता र पार्टीहरु उत्पादनमा नजोडिनु हो , पराधिन हुनु हो । हाम्रो पार्टी आत्मनिर्भर उत्पादनको निति सहित अगाडि बढेको छ । हाम्रो लक्ष्य नेपालमा समाजवाद स्थापना गर्नु हो । अहिलेको दलाल पुजीवादी संसदीय सत्ताले नेपाल र नेपालीको जिवनलाई धरापमा पारेको छ । यो सत्ताले नेपाली जनताको वास्तविक प्रतिनिधित्व गर्न सकेन , यो केवल बिदेशी साम्राज्यवादीहरुले खडा गरेका निश्चित दलालहरुको व्यवस्था हो । त्यसैले यो व्यवस्थाको एकमात्र विकल्प भनेको जनताको समाजवादी सत्ता हो । नेपालका निराश नागरिकलाई नयाँ जीवन दिने , मुलुकलाई समृद्ध बनाउने , यहाँका क्षमतालाई प्रयोग गर्दै शान्त , समृद्ध र स्वाधीन मुलुक समाजवादमा मात्रै सम्भव छ । समाजवादका पक्षमा तपाइँहरु सबैसंग हामी सहकार्य गर्न चाहेका छौँ ।’
यस्तै कार्यक्रममा संक्षिप्त मन्तव्य दिदै पार्टीका जिल्ला सल्लाहकार वंशिधर सीले पार्टीले राजनीतिका साथसाथै सामाजिक विकृती , विसंगतीका विरुद्ध लड्ने , पर्यावरणीय एवम वातावरणिय संरक्षणका पक्षमा यसप्रकारका काम गर्ने कुरा महत्वपूर्ण रहेको बताउनुभएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य सुन्दर सीले संसदीय फोहोर राजनीतिका साथसाथै सार्वजनिक स्थलहरुको फोहोर नेकपाले सफाइ गरिरहेकाले सबैले साथ , सहयोग र समर्थन गर्न आग्रह गर्नुभएको हो ।
यस्तै कार्यक्रममा बिधालयका पुर्व प्रअ एवम शिक्षक डिल्ली बहादुर खत्रीले बिधालयको सरसफाइ मात्रै नभएर पार्टीले समाजमा भएका विकृती विसंगतीहरु , भ्रष्टाचारहरुका विरुद्ध लड्ने प्रतिबद्धता पूरा गर्ने अपेक्षा गरेको बताउनुभएको थियो ।
नेकपाका केन्द्रीय सल्लाहकार सदस्य सुन्दर सीको प्रमुख संयोजन एवम आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका जिल्ला सल्लाहकार वंशिधर सी , बिधालयका प्रअ एवम शिक्षक , शिक्षिकाहरु , नेकपाका जिल्ला कमिटीका सदस्यहरु , पार्टी निकट जवस एवम मोर्चाका केन्द्रीय सदस्य , जिल्लाका प्रमुखहरु लगाएतको आतिथ्यता तथा सहभागीता रहेको थियो ।
बिधालयमा आयोजना गरिएको सरसफाइ कार्यक्रम गर्नुअघिको संक्षिप्त मन्तव्य दिने कार्यक्रमको सहजीकरण पार्टीका दाङ जिल्ला कार्यालय सदस्य एवम तुलसीपुर नगरका सेक्रेटरी रुद्र सीले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.