युवा संगठन नेपाल द्वारा चौथो राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक:

डेली न्युजराप्ती       १७ कार्तिक २०७८ १५:३१ मा प्रकाशित     610 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गरेको छ।
सम्मेलनले ७१ सदस्यीय केन्द्रिय समिती सर्बसम्मत चयन गरेको छ भने निर्वाचित समितिको पहिलो बैठकले पदाधिकारी चयन गरेको छ जसको अध्यक्षमा पाटन जंगली,उपाध्यक्ष दिनेश,महासचिव बिदुसी,सचिव तिलक योगि,कोषाध्यक्ष बिश्लेसनलाइ सर्बसम्मतले चयन गरेको हो।
चौथो राष्ट्रिय सम्मेलनले देशमा भएको आर्थिक,राजनितिक,सांस्कृतिक र सामाजिक संकटहरुको बारेमा गहन अध्यन गरेको छ। सम्मेलनले सन १८१६ मा गरिएको सुगौली सन्धी र सन १९५० मा गरिएको शान्ती तथा मैत्री सन्धी लगाएत सम्पुर्ण असमान सन्धी सम्झौता र धाराहरुको खारेज हुनुपर्ने,लिपुलेक,कालापानी र लिम्पियाधुरा क्षेत्रमा रहेको भारतिय सेनाको क्याम्प हटाउन शसक्त संघर्ष संचालन गर्ने,एमसिसी नेपालको हितमा नभएको हुदा यसको पुर्ण खारेजिको लागि आन्दोलनको संचालन गर्ने,राष्ट्रियता,स्वाधिनता,सार्वभौमसत्ता क्षेत्रीय अखण्डताको रक्षा गर्न निरन्तर संघर्ष गर्ने,गोर्खा भर्ती केन्द्रका नाममा युवाहरुलाइ नव दास तथा गुलाम बनाउने कार्य रोक्न राजनितिक,कुटनैतिक तथा संघर्षका कार्यहरु गर्ने,जनताको मौलिक अधिकारको रुपमा रहेका गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य,रोजगार, तथा जनअधिकार र जनजिबीकाको पक्षहरुलाइ स्थापित गर्न संघर्ष संचालन गर्ने,सामाजिक विकृति विसंगतिका रुपमा रहेका धार्मिक अन्धता,जातिय विभेद,लैंगिक बिभेद र महिला माथी हुने सामाजिक दुर्व्यबहार तथा असुरक्षा र बलात्कार जस्ता अमानवीय घटनाहरुको अन्त्यका लागि सामाजिक जागरण तथा संघर्ष संचालन गर्ने,लागूऔसध दुर्व्यसनी गर्ने गराउनेहरुलाई सचेतना कार्यक्रमहरु तथा कार्वाही गर्ने,राज्यसत्ता र राजनितिक दलहरुका आडमा भइरहेका दलाली,कमिसन खोर,भ्रष्टाचार,सरकारी सम्पत्तीको दोहनसंगै मानव तस्कर र चोरीपैठारी लगाएतका क्रीयाकलापहरुका विरुद्ध शसक्त संघर्ष गर्ने निर्णय गरेको छ।

यस्तै सम्मेलनले नेपालमा पैदा भएका संकटहरुको उचित समाधान बैज्ञानिक समाजवादले मात्र दिन सक्ने भन्दै नेपाली जनताले आफ्नो व्यवस्था आफै चुन्न पाउने एक मात्र लोकतान्त्रिक विधि जनमतसंग्रहका लागि युवाहरुलाइ व्यापक परिचालन तथा संघर्ष गर्ने,नेपालका युवायुवतीहरुलाइ नेपालमै रोजगारको व्यवस्था गर्न राज्यसंग जोडदार माग गर्ने,नेपालमा बढ्दो क्रममा रहेको बेरोजगारी अन्त्यका लागि सम्पुर्ण युवाहरुलाइ स्वदेशमै रोजगार सृजना गर्न संगठनले अल्पकालीन,मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्दै जाने लगाएतका महत्वपूर्ण निर्णय गरेको छ।
पत्रकार सम्मेलनमा चौथो राष्ट्रिय सम्मेलनले पास गरेका दुरगामी निर्णयका बिसयमा धारणा संगठनका नवनिर्वाचित उपाध्यक्ष,सचिवले राख्नुभएको थियो भने सम्मेलनले लिएका निर्णयहरु संगठन अध्यक्ष पाटन जंगलीले प्रस्तुत गर्नुभएको थियो।
युवा संगठन नेपालका कोषाध्यक्ष बिश्लेसनको स्वागत मन्तव्यबाट सुरु भएको पत्रकार सम्मेलनको अध्यक्षता संगठन अध्यक्ष पाटन जंगलीले गर्नुभएको थियो भने सहजीकरण संगठनका महासचिव बिदुसीले गर्नुभएको हो।
पत्रकार सम्मेलनमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष प्रताप रेग्मी तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसिको आतिथ्य रहेको थियो।
युवा संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन सत्र घोराहीको सहिद मन्चमा कार्तिक १३ गते सम्पन्न भएको थियो भने बन्द सत्र दाङको तुलसीपुरमा कार्तिक १३ र १४ गते दुइदिन सम्म चलेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार